भोलि कामदा एकादशी: बन्दैछ यी चार शुभ योग, भुलेर पनि नगर्नुहोस यस्तो गल्ति हुनसक्छ अनिष्ट !

914
VIEWS

चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ । वर्ष २०८१ मा वैशाख मास लागिसके पनि पछिल्लो वर्षको तिथि मितिहरू सकिएका छैनन् यस कारण पछिल्लो वर्षको चैत्र शुक्ल कामदा एकादशी अर्को वर्षमा खप्टिएको हो । कामदा एकादशीमा सबैको भलो होस् । शुभकामना ।

हरेक एकादशीमा चामलको सेवनमा प्रतिबन्ध लगाइन्छ । यो प्रश्न प्रायः धेरै व्यक्तिमा जिज्ञासाकै रुपमा हुन सक्छ कि एकादशीको दिन आखिर किन भात खानु हुँदैन ? धार्मिक दृष्टिकोणलाई हेर्दा एकादशीमा चामल निषेधको बारेमा विभिन्न पुराणहरूमा लेखिएको छ । विष्णु पुराण लगायत विभिन्न पुराणमा उल्लेख भए अनुसार एकादशीको दिन खाने चामलले गैर खाद्य पदार्थ खाएको जस्तो फल पाइन्छ भन्ने मान्यता राख्छ ।

पौराणिक कथा अनुसार महर्षि मेधाले मातृ शक्तिको क्रोधबाट बच्न शरीरको त्याग गरे र यसको केही अंश पृथ्वीमा विलय भयो । महर्षि मेधा धान र जौको रूपमा उत्पन्न भए भन्ने मान्यता राखिन्छ । त्यसैले शास्त्रीय मतमा चामल र जौ जीव समान मानिन्छ । एकादशी मिति त्यो दिन थियो जुन दिन महर्षि मेधाको अंश पृथ्वीमा समाहित भएको थियो । त्यसकारण एकादशीको दिनमा भात खान वर्जित गरिएको हो । यस्तो विश्वास गरिन्छ कि एकादशीमा चामल खानु भनेको मांस सेवन गर्नु सरह हुन्छ ।

वैज्ञानिक कारण: वैज्ञानिक तथ्यका अनुसार धानमा पानीको मात्रा उच्च छ । पानीमा चन्द्रमाको प्रभाव बढी हुन्छ । भात खानाले शरीरमा पानीको मात्रा बढाउँछ, यसले दिमाग विचलित र चञ्चल बनाउँछ । दिमाग चञ्चल हुँदा उपवासको नियम पालनामा बाधा उत्पन्न हुन सक्छ । एकादशीमा उपवास र सात्विक भावको उपवास अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले एकादशीमा चामलबाट बनेको खाना नखान भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights