आज २०८१ वैशाख ०१ गते शनिबार: दशा बन्न सक्छ यी ३ राशिको लागि यो वर्ष, भुलेर पनि नगर्नुहोस् यस्तो काम

4.9k
VIEWS

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण समय रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिएपनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभएपनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । केहि अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्ती बिनै आरोप लाग्न सक्छ । सरकारी कडि कडाउको सिकार भइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights