दशा बन्न सक्छ यी ३ राशिको लागि सन् २०८१: ७५ वर्षपछि बन्दैछ खतरनाक संयोग, भुलेर पनि नगर्नुहोस् यस्तो काम

समय जे जस्तो भएतापनि आत्मविश्वास,मेहेनत,निरन्तरता र संयमता अपनाई अगाडी बढेमा जस्तोसुकै परिस्थिती आएपनि सामना गरि सफलता पाईन्छ । अतः यो कुरालाई मध्यनजर गरि निरन्तर अघि बढ्नु सवैको भविष्य सुन्दर छ ।

मेष: (चु चे चो ला लि लु ले लो अ): मेष राशि हुनेहरुको लागि यस बर्ष ग्रह सामान्यतया राम्रै छन् । शुरुवाती चरणमा बृहस्पति केही अनुकुल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्ने देखिन्छ तर केहि मानसिक तनावपनि दिने देखिन्छ । कुम्भ राशि आय भावमा रहेको शनिको प्रभावले विभिन्न माध्यामबाट धन प्राप्तीको योग बनाउने देखिन्छ साथै स्थिर सम्पत्तिमा पनि बृद्धि होला । कृर्षि तथा व्यबसायिक उन्नति होला तर आर्थिक लेनदेनमा केहि विवाद झेल्नुपर्ला । असोज सम्म लग्नमा राहु र सातौँ केतुको प्रभावले स्वास्थ्य तथा पारिवारीक सम्बन्धमा केहि समस्या ल्याउन सक्छ साथै व्यर्थको झमेला तथा विवाद उत्पन्न हुन सक्ने हुनाले सावधान अपनाउनुपर्ने देखिन्छ । बर्षको उत्तरार्धमा स्थिति सुधारोन्मुख हुनेछ । आर्थिक बृद्धि तथा पदोन्नतीको सम्भावनापनि देखिन्छ ।

बृष: (इ उ ए ओ वा वि वु वे वो): बृष राशि हुनेहरुको लागि यस बर्ष ग्रहहरु मध्यम छन् । बाह्रौँ बृहस्पतिले व्यवहारिक झमेला, आर्थिक विषमता,मानसिक तनाव, व्यर्थको यात्रा, अदृश्य रुपमा शत्रुले दुःख दिने देखिन्छ । वैदेशिक यात्राको योग रहेतापनि केहि ढिला सुस्ति हुने अथवा पहिलो प्रयास सामान्यतया असफल हुनसक्ने देखिन्छ संयमता अपनाउनुहोला । शनि दशौँ घरमा रहने हुनाले केहि सामाजिक तथा राजकिय कार्यमा सफलता मिल्ला साथै न्यायालय सम्बन्धी विवादमा विजय मिल्ने देखिन्छ । सम्यमता पुर्वक अवशरलाई लिन सकेमा नयाँ सम्पत्तिहरु थप गर्न सकिने देखिन्छ । बाह्रौँ स्थानमा राहु भएको हुनाले व्यर्थको खर्च बढाईदिन सक्ला भने छैठाँै केतु सुःख कारक बन्ला । पारिवारीक सम्बन्ध राम्रो रहला । समाजमा मान सम्मान तथा प्रतिष्ठा बढ्ला । यस राशिका व्यक्तिहरुको पनि पदोन्नतीको योग छ । बर्षको उत्तरार्धमा धार्मिक कार्यप्रति रुची बढ्ने साथै तिर्थाटनको योग रहेको छ ।

मिथुन: (क कि कु घ ङ छ के को हा): मिथुन राशिको समग्र ग्रहगोचर राम्रो नै छन् । आय स्थानमा रहेको बृहस्पति पक्कैपनि आम्दानि बृद्धिमा सहयोगी सिद्ध होला । कुनै नयाँ व्यवसाय प्रारम्भ हुने वा भएको भए ख्यातीमा बृद्धि गराउला । पारिवारीक सम्बन्ध राम्रो रहला । बृहस्पतिको सातौँ दृष्टिको प्रभावले जग्गा,जमिन,बाहन थप हुने तथा यस सम्बन्धीको व्यापारबाट थप लाभ लिन सकिने देखिन्छ । एकादश राहुको प्रभावले पनि अप्रत्याशित रुपमा आम्दानी तथा अनेकौँ स्रोतबाट धन हाता लाग्ने देखिन्छ । व्यवसायीहरु तथा शेयरबजार कारोबारीहरुको केहि सुधारोन्मुख अवस्था आउनेछ । विद्या स्थानको केतुले पढाईमा सोचे जस्तो प्रगति नहुने हुनाले विद्यार्थी वर्गले केहि मेहेनत गर्नुपर्ला । सन्तान पक्षमा पनि स्वास्थ्यगत समस्याहरु देखापर्ने छ । कार्यक्षेत्रमा सहकर्मिहरुसंग केहि मनमुटावको अवस्था सृजना हुन सक्नेछ आफै सजग रहनुहोला । स्वगृहमा रहेको नवम शनि भाग्योदयको कारक बन्न सक्ला शनिको विशेष पुजा आरधाना गर्नु लाभ मिल्नेछ । धर्म स्थानको शनि धार्मिक कार्यको बाधक बन्न सक्नेछ । कार्यमा निरन्तरताले भविष्य उज्ज्वल रहनेछ ।

कर्कट: (हि हु हे हो डा डि डु डे डो): कर्कट राशि हुनेहरुको लागि ग्रह त्यति शुभ रहेको छैनन् । आठौँ शनिले गर्दा (अढैया) कार्यमा विलम्बता, दुःख ,झन्झट, शारिरिक कष्ट, परिवारमा बेमेल,जागिरमा अकल्पनित स्थानान्तरण, कुनै मुद्दा मामिला आईपर्न सक्ने तथा आफन्तहरुबाटै धोकाको अवस्था सृजित हुने देखिन्छ । दशम बृहस्पति केहि अनुकुल हुनाले आफ्नो व्यवसाय तथा राज्य तर्फबाट केहि सन्तोषजनक अवस्था रहला । बर्षको पुर्वार्धमा दशम राहु र चौथो केतु रहनाले मातृ स्वास्थ्यमा केहि समस्या, विवाद तथा कलह हुन सक्ने हुनाले व्यर्थ विवादबाट टाढा रहनुनै उत्तम रहने छ । चौथो केतुले कहिँकतै लाभ पनि दिनसक्ला । बर्षको उत्तरार्धमा राहुकेतुको राशि परिवर्तनले केहि राहत देला तर आर्थिक कारोबारबाट टाढै रहनु होला । सकारात्मक सोच जसले तपाईको भविष्य पुणर् रुपमा बदल्ने छ ।

सिंह: (मा मि मु मे मो टा टि टु टे): सिंह राशि हुने हरुको लागि ग्रहहरु राम्रै छन् । बृहस्पति भाग्य वा धर्म स्थानमा रहने हुनाले धार्मिक तथा अध्यात्मिक क्षेत्रतर्फ विशेष ध्यान जाला तथा यस क्षेत्रको यात्राहरु सफल हुने देखिन्छ । भाग्योदय,सुःख सुविधा, सन्तानबाट सुःख प्राप्ति तथा मित्रबान्धवहरुबाट साथ सहयोग मिल्नेछ । बैदेशिक व्यापार तथा श्रम दुबै क्षेत्रबाट लाभ मिल्ने छ भने घर देखि टाढाको यात्राहरुपनि सुखद बन्ने देखिन्छ । मानसिक प्रशन्नताले कार्य सम्पादन राम्रो हुनेछ । भाग्य स्थानको राहुले कुनै कुनै बेला धार्मिक कृत्यमा बाधक बन्न सक्ला अर्थात भ्रमित पार्दिन सक्ला दृढ रहेर अघि बढ्नु राम्रो हुनेछ । सातौँ शनिले दाम्पत्य जिवनमा केहि बैचारिक मतभेद ल्याईदिन सक्छ भने स्वास्थ्यमा पनि केहि समस्या ल्याईदिन सक्नेछ । व्यापार र नोकरी दुवै पेशामा सम्यमित भएर अगाडी बढ्नुपर्नेछ जसले गर्दा राम्रै लाभ प्राप्त गर्न सक्नुहुने छ ।

कन्या: (टो प पी पू ष ण ठ पे पो ): कन्या राशिका ग्रहगोचर मध्यम जस्ता छन् । बृहस्पति अष्टम स्थानमा रहेकोले अध्ययन अध्यापन क्षेत्रमा अवरोध उत्पन्न होला । मन पनि अशान्त रहला पारिवारिक मतभेद,व्यर्थ विवाद आदिको सम्भावना बनाउने भएको हुनाले संयमित व्यवहार र शान्तिको अपेक्षा राख्दछौँ । छ्रैठाँै स्थानको शनि शत्रु नाशक होला शनि न्यायप्रेमी ग्रह भएको हुनाले कुनै पुराना विवादहरु तथा मुद्दा मामिला आफ्नो पक्षमा रहन सक्नेछ । आंशिक रुपमा नयाँ व्यवसायको सम्भावनापनि देखिन्छ । शेयर कारोबारबाट मध्यम आम्दानी देखिएको छ भने कुनै नविन सम्पत्ति आर्जन होला । बर्षको उत्तरार्धमा राहुको राशि परिवर्तनले दाम्पत्य विवाद हुन सक्छ भने लग्नको केतु स्वास्थ्य बाधाको कारक बन्न सक्नेछ । नम्र व्यवहारले सामाजिक तथा धार्मिक क्षेत्रमा यश प्राप्त होला ।

तुला: (रा री रु रे रो ता ती तु ते): तपाईको ग्रह सामान्यतया राम्रै भन्नुपर्दछ । साताँै बृहस्पति शुभकारक रहनेछ, मान सम्मान, यश, प्रतिष्ठा, आदिको अभ्युदय होला, कुनै नविन व्यवसायको पनि आरम्भ हुन सक्ला । सुखद र लाभदायक यात्राहरु बनिरहनेछन् । शारिरिक र आर्थिक क्षेत्रको सुधारले मन प्रशन्न रहला र आत्मबलमा बृद्धि होला । बोलिको प्रभावले जुनसुकै क्षेत्रबाट पनि अप्रत्याशित लाभ प्राप्त होला । बर्षको उत्तरार्धमा दाम्पत्य सुःख राम्रो रहला जसबाट परस्पर विचारविनिमयबाट गरिएको कार्यबाट अवश्य सफलता मिल्नेछ । पञ्चम शनिले विद्या क्षेत्र तथा सत्तान पक्षमा केहि समस्या खडा गरिदिने छ सजक रहनुपर्ने छ । बर्षको उत्तरार्धमा छैठौँ राहु शत्रु नाशक भई सुःख कारक रहला आकस्मिक धन लाभ गराउला । पारिवारिक सुःखमा पनि बृद्धि गराउने छ ।

बृश्चिक:(तो ना नि नु ने नो या यी यु): बृश्चिक राशि हुनेहरुको लागि ग्रह गोचर त्यति राम्रो छैन । चौथो घरको शनि (अढैया) को प्रभावले मानसिक तनाव, झुटा आरोप, काम कार्यमा विलम्बता, दुःख , तनाव आईपर्ने, आफ्नो तथा आमालाई शारिरिक कष्ट गराउने देखिन्छ । खानपान तथा दैनिक क्रियाकलापमा अस्तव्यस्तता, चिन्ता, डर आदिको सामना गर्नपर्ने देखिन्छ । साझेदारी व्यवसायमा विवाद आउन सक्ला । यात्रा गराउने छ तर केहि कष्टसाध्य होला । छैठौँ बृहस्पति अनावश्यक भ्रमण तथा चिन्ताको योग ल्याउने छ । बर्षको पुर्वार्धमा राहु छैठौँमा रहेकोले शत्रु विजयी तथा रोग नाशक बन्नेछ । उत्तरार्धमा राहु पाँचौमा रहनाले शिक्षा क्षेत्रमा व्यवधान ल्याउन सक्ला भने घरमा केहि असान्ति निम्त्याउन सक्नेछ । एकादश राहुले आय क्षेत्रमा केहि सकारान्मक प्रभाव पार्ला भने बैदेशिक कार्यमा पनि केहि हद सम्म सफलता मिल्ने देखिन्छ ।

धनु: (ये यो भा भी भू धा फा ढा भे): धनु राशि हुनेहरुको लागि सामान्यतः ग्रहगोचर उत्तम देखिन्छ । पञ्चम बृहस्पतिको प्रभावले विद्या तथा सन्तान क्षेत्रमा उत्साहजनक अवस्था रहला । धार्मिक, अध्यात्मिक, बाचन क्षेत्रबाट बिशेष मन प्रशन्न रहला तथा उन्नति होला। शारिरिक र आर्थिक क्षेत्रमा हुँदै जाने क्रमिक सुधारले मन प्रशन्न रहला र आत्मबलमा पनि बृद्धि होला । बाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्ला । तिर्थ जाने अवशर मिल्ला भने घर परिवारमा पनि कुनै मांगलिक कार्यहरु होलान् । पराक्रम भावको शनिले पराक्रममा बृद्धि गराउला भने विद्यार्थी भाईबहिनिहरुलाई पति निकै सफलता देला । बर्षको पुर्वार्धमा एकादश केतुको प्रभावले केहि लाभ मिल्ला भने बैदेशिक कार्यमा पनि सफलता मिल्नेछ । असोज महिना पश्चात् राहु चौथो र केतु दशम हुनाले पारिवारी मतभेद तथा स्वजनबाट टाढा रहने, काममा आलस्यता रहने जस्तो अवस्था आउन सक्छ सम्यमित रहँदा उचित होला ।

मकर: (भो जा जी जु जे जो खा खि खु खे खो गा गी): मकर राशि हुने हरुको ग्रह स्थिति अनिष्टप्रद छ । शनिको अन्त्य साढेसाती दशा हुनाले त्यति राम्रो समय देखिँदैन । सन्तान पक्षबाट असन्तोष, पशुचौपायबाट केहि नोक्सानी, झुटा आरोप लाग्ने, अनावश्यक खर्चमा बृद्धि, शत्रुको सामना, दुर्घटना, स्व व्यवसायबाटपनि सोचे जस्तो नहुने, नजिकका आफन्तजनबाट धोका साथै नचिताएका कार्यहरु आईपर्ने र नयाँ कार्य गर्न असमर्थ हुने अवस्था आउला । न्यायीक क्षेत्रमा पनि सफलता पाउन मुस्किल पर्ला तथा विपत्तिमा कसैको सहयोग नमिल्न सक्ने देखिन्छ । राम्रो समय प्राप्तिको लागि शनिको पुजा, जप आरधाना गर्नु उत्तम होला । बर्षको पुर्वार्धमा चौथो राहुको प्रभावले मातृपक्षमा केहि स्वास्थ्यगत समस्याहरु देखा पर्ला । बर्षको उत्तरार्धमा तेश्रो राहुको प्रभावले आत्मविश्वासमा बृद्धि होला । यस समयावधिमा नयाँ कामको थालनी गर्नु त्यति राम्रो नरहला भने धार्मिक क्षेत्रमा पनि बाधक रहने देखिन्छ । सम्यम भएर अगाडी बढ्नु उत्तम रहनेछ ।

कुम्भ : (गु गे गो सा सी सु से सो दा): कुम्भ राशि हुनेहरुको लागि पनि ग्रह गोचर केहि अनिष्ट कारक देखिन्छ । शनिको मध्य साढेसाति दशा हुनाले समय संघर्षपुण रहला । पारिवारिक असन्तुष्टि, चौपायबाट नोक्सानी, मिथ्याअपवाद, व्यर्थ गमन, शत्रु सामना, अनावश्यक मनमा भय उत्पन्न होला । धार्मिक क्षेत्रमा मन नजाला । गरिरहेको व्यवसायबाट सोचेझैँ नहोला । निरन्तरता दिएको खण्डमा केहि मात्रामा सफलता मिल्ला । व्यापारीक कार्य मध्यम, न्याय तथा बैदेशिक मामिला आंशिक रहला । विश्वास गरेको पक्षबाट केहि कपट हुन सक्ला सम्यम भएर अगाडी बढ्नु उत्तम रहने छ ।

मीन : (दी दु थ झ ञ दे दो चा ची): मीन राशि हुनेहरुको लागि ग्रहगोचर सामान्य छन् । आद्य साढेसाती शनिको प्रभावले मानसिक असान्ति, काम कार्यमा अरुचि, सवारी दुर्घटना, पशु चौपायबाट नोक्सानी, आत्मबल यस कीर्ति मान प्रतिष्ठामा कमी आउला । अनावश्यक खर्च तथा स्वजनहरुबाट हुने सहयोगमा कमी आउला । व्यर्थ भयले मन असान्त रहि कार्यसम्पादनमा बाधा व्यवधान सृजना हुनसक्नेछ । शत्रुहरुले अव्यक्त तथा अदृश्य रुपमा षडयन्त्र गरि व्यर्थ झमेलामा पारिदेलान । स्वास्थ्य क्षेत्रमा कुनै नयाँ रोगको भय रहला तथा पुरानै रोग भए केहि कष्ट देला । धन स्थानको बृहस्पति केहि हद सम्म जागिर तथा व्यवसायमा केही सफलता साथै केहि धन सञ्चयको योग बनाएको छ । बर्षको पुर्वार्धमा राहु केतुको प्रभावले मानसिक क्लेश तथा व्यर्थै चटपटी छुट्ने अवस्था बनाईदिन सक्नेछ । श्रमीक तथा व्यवसायीक मार्ग केही सफल तथा बैदेशिक क्षेत्र आंशिक फलदायीक रहला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights