भोलि चैत्र १३ गते मंगलबार: यी ४ राशिमाथि रहनेछ शनिको कुदृष्टि, २ राशिका व्यक्तिलाई हुनेछ लाभै-लाभ!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केहि चुनौती देखिएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
हात हतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काटनेहरु प्रशस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केहि अल्छीपन छाउनेछ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भतेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाउको यात्राको योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केहि धनको पनि आर्जन हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचे अनुरुप काम नहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । तर, सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केहि असमझदारी बढ्ने योग छ । तर, खास हानि पुग्दैन, दिन ठिकै छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्य्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिलनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights