ललितपुरमा ३२ महाविहारका देवीदेवताको भेला (तस्वीरहरु), सेयर गर्नुहोस्

काठमाडौं। ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का देवीदेवतालाई भेला गराइएको छ । पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो ।

सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन राति १० बजेदेखि १ बजेसम्म विभिन्न स्थानबाट भक्तजनहरुले परम्परागत बाजा बजाउँदै देवीदेवताका मूर्तिहरुलाई खटमा राखेर नागबहाल पुर्‍याएका थिए ।

नागबहालमा पुर्‍याउनु अघि मूर्तिहरुलाई पाटन दरबार क्षेत्रमा राखिएको थियो । त्यसपछि बसुन्धरादेवीको रथजात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएका ती मूर्तिहरुलाई नागबहालमा क्रमबद्ध राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights