आज पौष २५ गते बुधबार: ३ राशि बन्नेछन् सन्तुष्ट, कन्या र कुम्भ राशिको हुनेछ अनावश्यक खर्च

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ । तर पनि पछि काम बन्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा कठिनाई देखिएपनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ । आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान सम्मान पद प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
समाजमा कुरा काट्नेहरू बढ्ने छन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथी भाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights