क्रिश्चियन मान्दिनँ भन्नेलाई हतकडी लगाएर जेलमा हाल्ने हो : मन्त्री किराती

बुधबार गरेको एउटा भाषणका कारण संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सर्वत्र आलोचना भएको छ । काठमाडौंमा बुधबार आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा उनले गरेको भाषण विवादित बनेको हो । मन्त्री भएदेखि नै विभिन्न स्टन्टबाजी देखाउँदै आएका मन्त्री किरातीका यसअघिका भाषण विवादित बन्दै आएका थिए । कामभन्दा बढी आत्मप्रचारमा लागेको भन्दै उनको चर्को आलोचना हुँदै आएको थियो ।

बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित क्रिश्चियन धर्मावलम्बीको कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘क्रिश्चियन नमान्नु भनेको संविधान नमान्नु हो । संविधान नमान्नेलाई हतकडी लगाउनुपर्छ ।’ २०७८ को जनगणनामा १० वटा धर्म थपिएको र तीन करोड जनसंख्यामा लाखौँको संख्यामा क्रिश्चियन बनेको उनको दाबी छ । उनको सो दाबी सही गलत के हो तथ्याङ्कले देखाउला । तर, सामाजिक सञ्जालमा उनको आलोचना भने लाखौँले गरेका छन् ।

राम्रो काम गर्दागर्दै सरकारमाथि आक्रमण भएको भन्दै नेतृत्वलाई गाली र बदनाम गर्नु गणतन्त्र मास्नु भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यक्रम उद्‍घाटन गरेको भन्दै उनको पनि चर्को आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights