आज भोलि पौष ०३ गते मंगलबार: यी ४ राशिलाई प्रतिकूल छ दिन, दशा बन्न सक्छ यी २ राशिको लागि

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): तपाईको दिन शुभ रहनेछ। तपाई आफन्त,आत्मजन एवम् मित्रसँग सामाजिक कार्यमा व्यस्त रहनुहुन्छ। कुनै रमणीय स्थलमा जाने सौभाग्य प्राप्त हुनेछ। आकस्मिक धन लाभ होला एवम् सन्तानबाट लाभ होला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): तपाईको दिन राम्रो रहला। तपाई नयाँ कामको आयोजन गर्न सक्नुहुन्छ। पेसा एवम् व्यवसायीको लागि दिन राम्रो छ। पुरानो अपूरा कामको पूर्णाहुति हुन् सक्ला। पदोन्नतिबाट आर्थिक लाभ हुन सक्छ। घरायसी जीवनमा वर्चस्व एवम् माधुर्य बढ्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): मानसिक रूपले दिन दुविधा र भ्रमको रहनेछ । शारीरिक रूपले अशक्त र आलस्यको कारण कार्यमा उत्साह रहनेछैन। व्यवसायमा बाधा उत्पन्न होला। सहकर्मीको सहयोग मिल्नेछैन। सन्तानको चिन्ता रहनेछ। कुनै पनि कार्य प्रारम्भ नगर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): तपाईको दिन प्रतिकुलतामय रहला। कुनै पनि नयाँ काम सुरु नगर्नुहोला एवम् शल्यचिकित्सा नगर्नुहोला। कामवृत्ति र चोरी जस्ता अनैतिक विचारबाट टाढा रहनुहोला। सरकारी कार्यमा बाधा उत्पन्न होला। परिवारमा झगडा हुन सक्ला। मानसिक अस्वस्थता रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): तपाईको दिन मध्यम फलदायी छ। घरायसी जीवनमा झगडा हुन सक्ला। व्यापारको क्षेत्रमा साथी बीच मनमुटाव हुन सक्छ। तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। सामाजिक जीवनमा सफलता मिल्नेछ। विपरीत लिंगीय व्यक्तिसँग भेट हुँदा सावधान रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): तपाईको दिन शुभ छ। घरमा सुख-शान्तिको वातावरण छाईरहनेछ। सुखमय प्रसंग बन्नेछ। आर्थिक रूपले लाभ मिल्नेछ एवम् प्रसिद्दि मिल्नेछ। सहकर्मीको पूर्ण सहयोग मिल्नेछ। माईतबाट समाचार आउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) तपाईको दिन सुखपूर्वक बित्नेछ। बौद्धिक प्रवृत्ति एवम् चर्चामा दिन बिताउनु हुनेछ। कल्पनाशक्ति एवम् सिर्जनात्मक शक्तिको उपयोग गर्न सक्नुहुन्छ। सन्तानको तर्फबाट लाभ होला। तपाईको प्रगति हुनेछ र स्त्री मित्रबाट सहयोग मिल्नेछ। शारीरिक उर्जा एवम् प्रफुल्लित मनको आभास हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): तपाईको दिन शान्तिपूर्ण रूपले बित्नेछ। मन चिन्ताग्रस्त रहनेछ एवम् आफन्तसँग झगडा हुन सक्ला। स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। स्त्री एवम् पानीबाट टाढा रहनुहोला। दस्तावेजी कार्यवाहिमा खास सावधान रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): तपाई गूढ रहस्य र आध्यात्मिकताको रङमा रंगिनु हुनेछ। नयाँ कामको प्रारम्भको लागि दिन राम्रो छ। मित्र एवम् आफन्तसँग भेट हुनेछ। कार्य सफलता एवम् प्रतिस्पर्धामा जित हुनेछ। भाग्यवृद्धिको साथ-साथै सामाजिक मान-सम्मान मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): आकस्मिक धनलाभ होला । परिवारसँग विवादबाट घरायसी वातावरण बिग्रन सक्छ। विद्यार्थीले अधिक परिश्रम गर्नुपर्ने हुन्छ। शारीरिक स्वास्थ्य मध्यम रहनेछ। नकारात्मक विचारमा पूर्ण रूपले ध्यान राख्नुहोला। साहसिक प्रवृत्तिको लागि दिन राम्रो छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): शारीरिक एवम् मानसिक रूपले उत्साहित रहनुहुन्छ। आर्थिक रूपले दिन लाभदायी छ। आध्यात्मिकता एवम् चिन्तनशक्ति राम्रो रहनेछ। मित्र एवम् आफन्तको तर्फबाट उपहार मिल्ने योग छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): मानसिक व्याकुलता अधिक रहनेछ। धार्मिक कार्यमा खर्च हुन सक्छ। आफन्तबाट टाढा रहनुहोला। कुनै सानो लाभले ठुलो हानि होला। अदालती मामिलामा सावधानी अपनाउनुहोला। आध्यात्मिक कार्यमा दिन पुरा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights