मंसिरमा यी ४ राशिलाई हुनेछ दिन दोगुणा रात चौगुणा नोक्सान: कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मंसिर महिनामा मेष राशिको लागि सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ने र पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ, तर स्वास्थ्यमा धन खर्च बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मंसिर महिनामा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि राम्रो सफलता हात पर्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो महिनामा सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा कार्य सम्पादनमा केही समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मंसिर महिनामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ । १८ गतेबाट अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । सफल यात्राको योग रहनेछ । प्रेमिकाको सुझाव अनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो महिनामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आकस्मिक धनसमेत हात पर्न सक्छ । सामाजिक कार्यक्रममा विशेष रुचि रहनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहने देखिन्छ । महिनाको उत्तरार्धमा स्वास्थ्य र कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि मंसिर महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ घर, जग्गा खरिद तथा बिक्रीको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो महिनामा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवातर्फ आकर्षित भइनेछ । कुनै कुराले मन प्रसन्न र मनमा शान्ति छाउला । बुद्धिको प्रयोग गरेर मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहन लाभ हुने समय पनि आएको छ । २१ गतेबाट स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो मंसिर महिनामा नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कामको हेलचेक्र्याइँको कारणले उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । आधा महिना पछि स्थानान्तरण र सपफल यात्राको सम्भावना छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मंसिर महिनामा विद्या र बुद्धिको विकास हुनेछ । शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मंसिर महिनामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुने छ । महिनाको अन्त्यमा भने त्यति राम्रो देखिँदैन, अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा माल सामान हराउन पनि सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो महिनामा आफूले गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शेयर बजारमा नोक्सानी र अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । १५ गतेबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ र शुभ कार्यको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights