पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त

आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डले ठूलो स्कोर योगफल खडा गरेको छ । इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनाएको छ । इङ्ल्यान्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए ।

रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।
अर्का ओपनर डेविड मलानले ३९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए । ह्यारी ब्रुकले १७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । कप्तान जोस बटलरले पनि १८ बलमा २७ रन थपे ।

डेभिड विलीले ५ बलमा १५ रन बनाए । मोइन अलीले रन बनाउन सके भने गस एटकिन्सन शून्यमा आउट भए। क्रिस वोक्स ४ रन र आदिल राशिद बिना रन नटआउट रहे । पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले २/२ विकेट लिए । यस्तै इफ्तिकार अहमदले एक विकेट लिए ।

इंग्ल्याण्ड यसअघि नै विश्व कपबाट बाहिरिएको थियो । शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीका लागि भने छनोट भएको छ। पाकिस्तानको विश्व कप सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट