घरमा सूर्य यन्त्र राख्दा कस्तो फल मिल्छ ?

हामीले कतिपय घरहरूमा सूर्य यन्त्र मूल ढोकामाथि राखेको देख्ने गरेका छौँ । किन राखिन्छ त यस्तो यन्त्र घरमा आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ । पूर्वमुखी घरमा मुख्य ढोकाबाहिर सूर्यको चित्र राख्दा घरमा सकारात्मक ऊर्जा आउँछ र नकारात्मक ऊर्जाको प्रवाह कम भई जागिर, व्यापार, व्यवसायको हिसाबले शुभ रहने मान्यता छ ।

हिन्दु धर्ममा यन्त्रलाई धेरै महत्त्व दिइएको छ । पौराणिक ग्रन्थ अनुसार घरमा वा यन्त्रको स्थापना गर्नाले जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ र आफूलाई भगवानसँग प्रमाणित गर्न सकिन्छ । सूर्य यन्त्रले मानिसको जीवनमा आउने रोग, दुःख, गरिबी, दुर्घटना जस्ता विभिन्न समस्याबाट रक्षा गर्दछ । यो यन्त्रले जीवनमा सुर ल्याउँछ र मनको शान्ति कायम राख्छ ।

धर्मशास्त्र अनुसार घरको उत्तर दिशामा सूर्य यन्त्र स्थापना गर्नाले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता मिल्छ । त्यसैगरी घरमा सूर्य यन्त्र स्थापना गरी दिनहुँ पूजा गर्नाले शुभ फल तथा सूर्यको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । यसलाई आइतबारका दिन स्थापना गर्नु उत्तम हुन्छ । सूर्य यन्त्र मन्त्र– ॐ घ्रिइय सूर्य आदित्य ॐ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights