• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – बोलीमा प्रभाव बढेर जाँदा तपाईको समाजमा मान-प्रतिष्ठा बढ्ने योग रहेको छ। परिवारमा खुशीको माहोल हुनेछ भने प्रेमी-प्रेमिका बीच सम्बन्ध पनि राम्रो भएर जानेछ। स्वास्थ्य भने कमजोर रहनेछ। आर्थिक कारोबारमा भने कम मात्रै लाभ मिल्ने देखिन्छ। तपाईको जीवनमा नयाँ व्यक्तिको आगमन हुने देखिन्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – तपाईको सम्पूर्ण अधुरा कार्यहरु सम्पन्न भएर जानेछन। तपाईको दैनिकीमा परिवर्तन आउने देखिन्छ। तपाईको दिन मनोरञ्जनपूर्ण तरिकाले व्यतित होला। साथीहरुसँग जमघटमा जुट्ने योग रहेको छ। साथै पढाईमा पनि उन्नति हुने देखिन्छ। नयाँ कार्य थालनीको लागि पनि उत्तम दिन रहेको छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – खानपानमा विशेष ध्यान पुर्याउनुहोला भने स्वास्थ्य पनि खासै राम्रो नहुने देखिन्छ। शरीरमा उर्जाको कमी हुँदा काम गर्ने जाँगर हराएर जानेछ। मनमा उदासीनता छाउने छ। धार्मिक कार्यमा मन जानेछ भने धर्मिक कार्यका कारण दिन राम्रै जानेछ। स-साना कुराका कारण चिन्ता बढ्ने देखिन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – परिवारका सदस्यहरुसँग बहस हुन सक्नेछ। नकारात्मक सोचहरुले तपाईको मनमा डेरा बनाउनेछन् भने आत्मबलमा गिरावट आउने हुँदा कार्य सफलतामा कमी आउने देखिन्छ। दुविधापूर्ण मानसिक प्रवृत्तिका कारण निर्णय लिनको लागि असमर्थ भइने छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – तपाईको स्वास्थ्यमा सुधार आउने देखिन्छ भने खेलकुदप्रति लगाव बढेर जाने दिन रहेको छ। नसोचेका कार्यहरु सम्पन्न हुनेछन्। वैदेशिक यात्रा गर्नु हुनेहरुको लागि शुभ दिन रहेको छ भने मिष्ठान्न भोजनका साथै सामाजिक समारोहमा भाग लिने अवसर मिल्ने देखिन्छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – परिवारबाट भरपुर साथ र सहयोग पाइने छ भने परिवारमा सुखको महोल हुने देखिन्छ। परिवारको साथमा यात्रा पनि हुन सक्ला। साथीभाइको साथै आफन्तजनसँग बसेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्न सक्नेछ। व्यापारमा नाफा हुने देखिन्छ भने स्वास्थ्यमा पनि सुधार आउने देखिन्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ। सानो कुरालाई लिएर झैँ-झगडा हुन सक्ने हुँदा संयमित रहनु होला। आर्थिक लाभ भन्दा खर्च धेरै भएर जानेछ भने परिवारमा पनि मनमुटाव हुन सक्ने देखिन्छ। साथै स्वास्थ्य पनि खासै राम्रो हुने देखिन्न। झैँ-झगडाबाट टाढा नै रहनु होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – स्वास्थ्य खासै राम्रो हुने छैन भने खान-पानमा विशेष ध्यान राख्नु पर्ने देखिन्छ। बोलीमा भने प्रभाव बढेर जानाले नबनेका कार्यहरु सम्पन्न हुनेछन। आर्थिक लाभ प्रशस्त मात्रामा मिल्नेछ भने खर्चमा पनि उतिकै वृद्दि हुने देखिन्छ। शरीरमा उर्जाको कमि हुँदा काम गर्ने जाँगर हराएर जानेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – व्यवसायको क्षेत्रमा प्रशस्त लाभ मिल्नेछ भने अचल सम्पतिको जोहो गर्ने मौका मिल्न सक्छ। आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणबाट तपाईको दिन सुखमय भएर जाने देखिन्छ भने तपाईको मान-सम्मान पनि बढ्ने देखिन्छ। प्रेमी प्रेमिका बीच पनि सम्बन्धमा सुधार आउनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – प्रतिस्पर्धा बढेर जानेछ।आकस्मिक लाभ मिल्नाले मन हल्का भएको महसुस गर्नु हुनेछ भने नबनेका कार्यहरु सफल हुनेछन। शारीरिक र मानसिक रुपमा मनोबल बढेर जानेछ भने स्वास्थ्य पनि उत्तम हुनेछ। प्रेमी प्रेमिका बीच सम्बन्ध पनि राम्रो भएर जानेछ। तपाईको हरेक कार्यमा परिवारको साथ र सहयोग बढेर जाने देखिन्छ भने तपाईलाई राजनीतिक कार्यमा समेत लाभ मिल्न सक्ला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – तपाईको साहित्यिक कार्यहरु प्रति लगाव मात्र नभई शीप पनि बढेर जानेछ। सृजनात्मक शक्तिमा वृद्धि हुने दिन रहेको छ। कार्यक्रमहरुमा संलग्न हुनको लागि यात्राको योग रहेको छ। परिवारमा पनि खुशीको माहोल सिर्जना हुँदा मन आनन्दित हुन सक्ला। स्वास्थ्य पनि सवल नै रहला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – कार्यबाट भने जस्तो लाभ लिन पनि असमर्थ हुनाले मन विचल्लित हुनेछ। मानसिक रुपबाट तपाईमा उत्साहको कमी हुने भएकोले मनमा अशान्तिको तरङ्ग उत्पन्न गर्नेछ। अचल सम्पतिको खर्च हुँदा मन दुखित हुने देखिन्छ। मानहानि नहोस् भन्नका निमित्त कम बोल्नुहोला। परिवारका सदस्यहरुसँगको सम्बन्धमा ध्यान पुर्याउनुहोला।
Discussion about this post