विश्वकपमा ग्लेन म्याक्सवेलको दोहोरो शतक, रचे इतिहास

अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले विश्वकपमा दोहोरो शतक बनाएर इतिहास रचेका छन् । म्याक्सवेलले आईसीसी क्रिकेट विश्वकप २०२३ को ३९ औँ खेलमा अफगानिस्तानविरुद्ध २०१ रनको अपराजित इनिङ खेल्दै आफ्नो टोलीलाई रोमाञ्चक जित दिलाए । उनले ७८ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

म्याक्सवेल विश्वकपको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार गर्नेमा तेस्रो स्थानमा पुगेका छन् । उनले विश्वकपको इतिहासमा अहिलेसम्म ४३ छक्का प्रहार गरिसकेका छन् । म्याक्सवेलको क्रिकेट करियरको यो उत्कृष्ट इनिङ्स हो ।

यसअघि एकदिवसीयमा ग्लेन म्याक्सवेलको उत्कृष्ट स्कोर १०८ रन थियो जुन उनले पार गरेका थिए । विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि म्याक्सवेलकै नाममा छ । उनले चालू विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक बनाएका थिए ।

उनले २१ दिनमै विश्व कीर्तिमान तोडेका थिए । विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान दक्षिण अफ्रिकाका ब्याट्सम्यान एडेन मार्करामको नाममा थियो, जसले यही विश्वकपमा शतक बनाएका थिए ।

अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो: २९२ रनको लक्ष्य पछ्याउन पुगेको अष्ट्रेलियाको टोलीको सुरुवात निकै खराब रह्यो । ४९ रनको स्कोरमा अष्ट्रेलियाले आफ्नो ४ विकेट गुमायो । नवीन उल हकले ट्राभिस हेडलाई खाता खोल्न पनि दिएनन् । नवीनले हेडलाई इक्रम अलिखिलले क्याच दिए । मिचेल मार्सलाई एलबीडब्ल्यू आउट गर्दै नवीनले कङ्गारुलाई दोस्रो झटका दिएका थिए ।

मार्स ११ बलमा २४ रन बनाएर आउट भए । विस्फोटक ओपनर डेभिड वार्नर १८ रन बनाएर आउट भए । उनलाई अजमातुल्लाह उमरजाईले बोल्ड गरेका थिए । अर्को बलमा उमरजाईले जोस इङ्लिसलाई खाता खोल्न पनि दिएनन् भने मार्नस लाबुस्चेन १४ रन बनाएर रनआउट भए ।

मार्कस स्टोइनिस ६ रन बनाएर रसिद खानको शिकार बने । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो । यसपछि म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग मिलेर इनिङ्सको जिम्मा लिए र जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights