आज कार्तिक २० गते सोमबार: यी ४ राशिलाई मिल्नेछ लाभै लाभ, २ राशिलाई शुभ छैन दिन

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज साथी भाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोग विलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भएपनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धन लाभ पनि होला । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नु पर्ने रकम हात लागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोज भतेरको निम्तो आएपनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights