कार्तिक १९ गते देखि २५ गतेसम्मको साप्ताहिक राशिफल: २ राशिको खुल्दै भाग्य, ५ राशिलाई शुभ छैन साता!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता मिश्रित फल मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । राजनीतिक कार्यमा विशेष सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा रहला । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुख सुविधा भोग गर्न पाइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । दैनिक कार्यमा प्रगति हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कार्य सम्पादनमा समस्या आउला । सवारी चलाउँदा सचेत रहनुहोला । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ कमको थालनी पनि हुनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि देखिन्छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता नयाँ कामको थालनी हुनेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । साताको उत्तरार्धबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सात पुरानो समस्या सुल्झाउन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नयाँ कार्यको योजना बन्नेछ । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । धार्मिक कार्य सफल रहनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ जिम्मेवारी पाइएला । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights