मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि: जाजरकोटमा घरहरुमा क्षति, यस्तो छ पुरा विवरण

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। चितवन, धादिङ र लमजुङका बासिन्दाले पनि भूकम्पको धक्का महसुस गरेका थिए। रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट