कार्तिक १२ गते देखि कार्तिक १८ गतेसम्मको साप्ताहिक राशिफल : २ राशिका व्यक्तिको खुल्दैछ भाग्यको ढोका !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता शुभ कार्यको चर्चा चल्नेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । भाग्योदय हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सरकारी निकायको भय रहला । कार्यमा सम्पादनमा समस्या आउला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । नयाँ कार्यको चर्चा चल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केही कठिनाइको सामना पनि गर्नुपर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता स्वास्थ्यमा सुधार आउनेछ । कृषि कार्यमा पनि सफलता मिल्नेछ । नयाँ कामको योजना बन्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साताको अन्त्यमा आफन्तले सहयोग गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आफन्तसँग भेटघाट हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धनार्जनका नयाँ योजनाहरू पत्ता लाग्नेछन् । शुभकार्यको योजना बन्नेछ । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्र भने कमजोर रहन सक्छ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । राजनैतिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्य बिग्रन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights