मकर राशिमा बन्दैछ शक्तिशाली बुधादित्य राजयोग, यी ३ राशिले पाउनेछन् अपार पैसा र पद- प्रतिष्ठा

काठमाडौँ : वैदिक ज्योतिष अनुसार ग्रहहरुले समय-समयमा राशि परिवर्तन गरी शुभ र अशुभ योग निर्माण गर्छन्, जसले मानव जीवनमा प्रभाव पार्छ। सूर्य र बुधको मिलनबाट यो योग बन्नेछ। जसको प्रभाव सबै राशिमा देखिनेछ। तर यस अवधिमा ३ राशिका जातकले आर्थिक लाभ र मान- सम्मान प्राप्त गर्नेछन्। आउनुहोस् जानौं ती राशिहरु कुन-कुन हुन् त ?

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिका जातकका लागि बुधादित्य राजयोग शुभ साबित हुन् सक्छ। किनकी यो योग धनु राशिको दोस्रो भावमा बन्दैछ। त्यसैले यस समयमा अचानक धन प्राप्त हुन् सक्छ। साथै आर्थिक स्थिति पनि यस अवधिमा पहिलेको भन्दा राम्रो हुनेछ।

त्यस्तै आयमा पनि वृद्धि हुनेछ। यसका साथै धनसम्बन्धी सबै समस्याहरुबाट पनि छुटकारा मिल्नेछ। सञ्चारमाध्यम, चलचित्र, फेशन डिजाइनिङ र कपडा व्यापारमा आबद्द मानिसहरुका लागि यो समयावधि राम्रो साबित हुन् सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
बुधादित्य राजयोग मीन राशिका लागि आयको हिसाबले शुभ साबित हुन् सक्छ। किनकी यो योग तपाईको कुण्डलीको ११ औँ भावमा बन्दैछ। जसलाई आय र लाभको स्थान मानिन्छ। त्यसैले यस समयमा तपाईको आयमा ठूलो वृद्धि हुने सम्भावना छ। साथै लगानीको दृष्टिकोणले पनि यो समय राम्रो छ। पुरानो लगानीबाट पनि फाइदा हुने अपेक्षा छ। राजनीतिमा आबद्ध व्यक्तिले केही पद पाउन सक्छन् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुधादित्य राजयोग बन्ने बित्तिकै तपाईको शुभ दिन सुरु हुन सक्छ। किनकी यो योग तपाईको राशिको नवम भावमा बन्दैछ, जसलाई भाग्य र विदेश स्थान मानिन्छ। त्यसैले यस समयमा तपाईले हरेक काममा भाग्यको साथ पाउनुहुनेछ।

विदेशमा अध्ययन गर्न चाहनेहरुका मनोकामना पूरा हुन् सक्छ। नोकरीपेशा गर्ने जातकले कार्यस्थलमा कुनै नयाँ जिम्मेवारी पाउन सक्छन्। साथै, यो समय राजनीतिसँग सम्बन्धित व्यक्तिहरूका लागि राम्रो साबित हुन सक्छ। समाजमा उनको इज्जत बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट