धादिङ भूकम्पबाट ६ वटा कच्ची घरमा क्षती, एक ठाउँमा पहिरो

धादिङ । धादिङमा आइतबार बिहान गएको भूकम्पबाट ६ वटा कच्ची घरमा क्षती पुगेको छ । भूकम्पले ६ वटा कच्ची घरमा क्षती पुर्‍याएको र एक ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण ज्वालामुखि ५ भक्कि कुमालको कच्चि घरको पछाडि भागको भित्ता भत्किएको छ । सोहि ठाउँ बस्ने रमेश कुमालको बाँस र माटोले बनेको कच्ची ‍घरको पछाडिको भित्ता भत्किएको छ ।

त्यस्तै ज्वालामुखि ५ कै पुन्टे कुमालको घरको भित्ता चर्किएको, खाना पकाउने चिम्नि बाङ्गिएको छ । सोहि ठाउँ बस्ने प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्चि घरको चिम्नी बांङगिएको र भित्ता चर्केको छ ।

भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ । ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको छ ।

ज्वालामुखी ५ बुङकोटघाट सिम्ले स्थितमा बालुवा भएको स्थानमा पहिरो गएको एसपी मिश्रले जानकारी दिए । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights