ज्योतिषलाई सोधिएको प्रश्नको उत्तर: 2034-6-13

तपाइहरुको ज्योतिष तथा वास्तु शास्त्र सम्बन्धि सबै जिज्ञासाहरु मेट्न हामीले हरेक दिन साप्ताहिक राशिफल, वास्तुका टिप्सको जानकारी दिनुका साथसाथै तपाइहरुको वास्तु, चिना एवं कुण्डली सम्बन्धि जिज्ञाशाहरु मेट्ने प्रयास गर्दै आएका छौ र अझै गर्नेछौ। यदि यहाँहरुसँग आफ्नो घर वा कार्यस्थलको वास्तु, चिना एवं कुण्डली सम्बन्धि केहि जिज्ञाशाहरु भए तल रहेको हाम्रो कमेन्ट बक्समा आफ्नो जिज्ञाशा उल्लेख गर्न सक्नुहुनेछ। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस.. पाठकले जोतिषबालाई सोधिएको प्रश्नको उत्तर हेर्नुहोस👇👇!!

2034-6-13:- आय आर्जनमा सुधार हुनेछ । शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ। वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । आर्थिक दृष्टिले असोज, माघ र फागुन महिना बढी सकारात्मक हुनसक्छ । घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, यो वर्ष शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ । यो वर्ष नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ तर अपजसको सामना भने गर्नुपर्ला ।

स्वास्थ्यमा समस्या आउनेछ, चोट पटकको कारणले अस्पताल सम्मको यात्रा पनि गर्नुपर्ला ।आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।बिहीबार विष्णु भगवानको दर्शन, पूजा आरधना र उपासना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक बिहीबार विष्णु भगवानको मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र राहुको शान्ति गर्ने र पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights