ज्योतिषलाई प्रश्न: 2052/1/21

यो वर्ष राम्रो फल नपाइएला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । आफ्नै बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । नयाँ रोजगारको अवसर आउनेछ । पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ ।अत: खानपिनमा सावधानी अपनाउनु होला । शुभ रङ्ग: सेतो र शुभ अङ्क २ र ६

आर्थिक लेनदेनको कारणले सम्बन्धमा पनि चिसोपना आउन सक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । पेट र हड्डीमा समस्या देखिन सक्छ। पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन गर्नुहोला । व्यवहारिक झमेला, आर्थिक विषमता,मानसिक तनाव, व्यर्थको यात्रा, अदृश्य रुपमा शत्रुले दुःख दिने देखिन्छ । खर्च बढ्नेछ , दुख पाइने र अपजस खेप्नु पर्ने दिनहरु आउदै छन् । मानसिक चिन्ता र समस्या बढ्न सक्छ । हनुमान चालिसा जप गर्ने सुन्ने गर्नुहोस । केहि दिन हरेक काम गर्नुअघि आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सुझाव: शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights