ज्योतिषलाई प्रश्न

2059/04/04- यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । आँटेको र ताकेको कार्य पूरा हुनेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर वादविवाद, डर र चिन्ता बढ्न सक्छ । स्वास्थ्य, प्राविधिक तथा पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र मित्रताको बन्धमा बढेर जानेछ । पुराना प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ, तर कात्तिकबाट भने पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउन सक्छ ।

मिहिनेत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ला । कुनै कुराले मानसिक चिन्ता र समस्या बढ्न सक्छ । प्रजनन समस्या र शीर्ष पीडाको भय भने रहनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वस्थको विशेष ध्यान दिनु होला । कात्तिक महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ । सुझाव: मंगलबार विघ्नहर्ता गणेशजीको व्रत, दर्शन तथा पूजा गर्ने, रोगी तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि र केतु ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि गराउनाले अधिक सफलता मिल्नेछ। शुभ रङ्ग सेतो, रातो शुभ अङ्क २, ३, राखेर काम गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights