ज्योतिषलाई प्रश्न: तपाइको केहि जिज्ञाशाहरु भए कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ

तपाइहरुको ज्योतिष तथा वास्तु शास्त्र सम्बन्धि सबै जिज्ञासाहरु मेट्न हामीले हरेक दिन साप्ताहिक राशिफल, वास्तुका टिप्सको जानकारी दिनुका साथसाथै तपाइहरुको वास्तु, चिना एवं कुण्डली सम्बन्धि जिज्ञाशाहरु मेट्ने प्रयास गर्दै आएका छौ र अझै गर्नेछौ। यदि यहाँहरुसँग आफ्नो घर वा कार्यस्थलको वास्तु, चिना एवं कुण्डली सम्बन्धि केहि जिज्ञाशाहरु भए तल रहेको हाम्रो कमेन्ट बक्समा आफ्नो जिज्ञाशा उल्लेख गर्न सक्नुहुनेछ। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस.. तपाइले जोतिषबालाई सोधिएको प्रश्नको उत्तर हेर्नुहोस👇👇!!

बुहारीको- व्यवहारिक झमेला, आर्थिक विषमता,मानसिक तनाव, व्यर्थको यात्रा, अदृश्य रुपमा शत्रुले दुःख दिने देखिन्छ । वैदेशिक यात्राको योग रहेतापनि केहि ढिला सुस्ति हुने अथवा पहिलो प्रयास सामान्यतया असफल हुनसक्ने देखिन्छ संयमता अपनाउनुहोला यात्रा साफल हुनेछ। केहि सामाजिक तथा राजकिय कार्यमा सफलता मिल्ला साथै न्यायालय सम्बन्धी विवादमा विजय मिल्ने देखिन्छ । व्यर्थको खर्च बढाईदिन सक्ला । पारिवारीक सम्बन्ध राम्रो नै रहनेछ । समाजमा मान सम्मान तथा प्रतिष्ठा बढ्ला । पदोन्नतीको योग छ । धार्मिक कार्यप्रति सहभागी भएर तिर्थयात्रा गर्दा सफलता निश्चित हुने योग रहेको छ । ४ शनिबार पहिले नै शुभ समाचार मिल्नेछ तर हरेक शनिवार दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले चाडै शुभ फल मिल्ने सम्भावाना रहेकोछ । बिहीवार पहेँलो पहिरन लगाउनु होला । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

छोराको- मानसिक तनाव, झुटा आरोप, काम कार्यमा विलम्बता, दुःख , तनाव आईपर्ने, आफ्नो तथा आमालाई शारिरिक कष्ट गराउने देखिन्छ । खानपान तथा दैनिक क्रियाकलापमा अस्तव्यस्तता, चिन्ता, डर आदिको सामना गर्नपर्ने देखिन्छ । साझेदारी व्यवसायमा विवाद आउनेछ । यात्रा गराउने छ तर केहि कष्टसाध्य होला । शिक्षा क्षेत्रमा व्यवधान ल्याउन सक्ला भने घरमा केहि असान्ति निम्त्याउन सक्नेछ । बैदेशिक कार्यमा असफलता मिल्ने देखिन्छ । आफ्नो पेशा वा रोजगारीको क्रममा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनेछ । धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । आफन्त सँगको सम्बन्धमा दूरी बढ्नेछ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले सम्बन्धमा पनि चिसोपना आउन सक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । पेट र हड्डीमा समस्या देखिन सक्छ। पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

आमाको- वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या नजिकैका व्यक्तिहरूसँग असमझदारी बढ्नसक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, अत: खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । पेट र प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ । प्रत्येक शनिबार हनुमान चालीसाको पाठ, भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । धार्मिक तथा अध्यात्मिक क्षेत्रतर्फ विशेष ध्यान जाला तथा यस क्षेत्रको यात्राहरु सफल हुने देखिन्छ । भाग्योदय,सुःख सुविधा, सन्तानबाट सुःख प्राप्ति तथा मित्रबान्धवहरुबाट साथ सहयोग मिल्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights