आज असोज २९ गते सोमबार: ३ राशिको खुल्नेछ बन्द किस्मतको ताला, सिंह र कुम्भ राशिको हुनेछ अनावश्यक खर्च

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : दीर्घकालीन वित्तीय योजनाको लागि दिन अनकुल दिन छ । आर्थिक र व्यापारको दृष्टिकोणबाट लाभदायक दिन छ । शारीरिक तथा मानसिक रुपमा स्फूर्ति महसुस गर्नु हुनेछ । साथीहरु र आफन्तहरुबाट उपहार पाउनुहुनेछ। साथै उनी हरुसँग समय रमाइलोमा बित्ने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : आफ्नो बोलीको कोमलताको कारण कसैलाई पनि प्रभावित पार्न सक्नु हुनेछ । शुभ कार्य गर्ने प्रेरणा मिल्नेछ । साहित्य तथा लेखन कार्यमा मन जानेछ । काम अनुसारको फल प्राप्त नहुन सक्छ । । विद्यार्थीहरु पढाईमा राम्रो प्रदर्शन गर्न सक्षम हुनेछन्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : मनमा दुविधा पैदा हुनाले सही निर्णय लिन सक्नु हुनेछैन । मानसिक अस्वस्थ अनुभव गर्नुहुनेछ। पनि तथा अन्य जल पदार्थबाट सचेत रहनु होला । जमिन तथा पारिवारिक निर्णय लिनबाट टाढै रहनु होला । शारीरिक र मानसिक अस्वस्थतको अनुभव गर्नु हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : शारीरिक तथा मानिसक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । घरमा शान्तिको वातावरण हुनेछ । आफन्तजनसँग रमाइलो भेट हुनेछ। साथी भाईबाट लाभ हुनेछ। नयाँ कार्य आरम्भ गर्नको लागि दिन शुभ रहेको छ । छोटो यात्रा हुनेछ । मान-सम्मान बढ्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : परिवारका सदस्यको साथमा दिन रमाइलोमा बिताउनु हुनेछ । परिवारका सदस्यबाट काममा सहयोग मिल्नेछ । विशेष गरेर स्त्री मित्रबाट सहयोग मिल्नेछ। टाढाको साथीहरु र प्रियजनहरु सँग सम्पर्क वा सन्देश लाभदायक साबित हुनेछ। आम्दानी भन्दा खर्च बढी हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : दिन लाभदायक हुँदा मन प्रसन्न हुनेछ । तपाईको मिठास पूर्ण बोलि लाभदायक साबित हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य अनुभव गर्नु हुनेछ । आनन्द प्राप्ति, जीवन साथीको निकटता रमाइलो यात्राको कारण मन प्रसन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : तपाईको अनियन्त्रित व्यवाहारको कारण समस्यामा पर्न सक्छ । दुर्घटनाबाट बच्नुहोस्। साथीभाई बीच झगडा हुनसक्छ । आध्यात्मिक शारीरिक र मानसिक चिन्ता कम गर्न आध्यात्मिक सहायता लिनु राम्रो हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। रमाइलो यात्रा हुनेछ । छोरा र श्रीमतीबाट लाभ हुनेछ। आफूभन्दा ठुलाको मध्यमबाट लाभ हुनेछ। आफन्तजनबाट प्रशंसा तथा उपहार प्राप्त हुनेछ । अधिकारीहरुको सहयोग रहनेछ। संसारिक जीवनमा आनन्द अनुभव गर्नु हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : दिन शुभ फलदायी छ। साथी भाइसँग भेट हुने हुँदा रमाइलो यात्राको योजना बन्ने छ । दाम्पत्य जीवन शुख मय हुनेछ । गरेका काममा सफलता प्राप्त हुनेछ । उच्च अधिकारी तपाईको काममा खुशी हुनेछन् । व्यावसाहिक कार्यको कारण लामो यात्राको सम्भावना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : तपाईको आजको दिन मिश्रीत फलदायी छ । काममा नयाँ योजन बनाउदा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यावहारिक वा सामाजिक काममा मान सम्मान बढ्ने छ । सरकारी काममा बाधा हुनसक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : अनैतिक कामबाट टाढा रहनु होला । बोलीमा सावधानी अपनाउनु होला । जसको कारण पारिवारिक समस्याबाट बच्न सकिन्छ । खर्च बढ्ने हुँदा धनको अभाव हुनसक्छ । रिसलाई नियन्त्रणमा राख्नु होला । शारीरिक तथा मानसिक रुपमा अस्वस्थ अनुभव गर्नु हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : दैनिक कार्यबाट छुट्कारा मिल्ने हुँदा बाहिर घुम्ने अवसर प्राप्त हुनेछ । परिवार तथा आफन्त सँग समय रमाइलोमा बिताउनुहुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट