नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दशैंको घटस्थापना असोज २८ गते आइतबार बिहान ११ः२९ बजेको साइत रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने बताइएको छ ।
समितिका अनुसार कात्तिक ७ गते परेको दशैको टिकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट जाँदा रहेको छ । साथै टिका लगाउँदा पश्चिम मोहडामा फर्किएर लगाउँदा राम्रो हुने जनाइएको छ।
Discussion about this post