आज शनिबार औंसी श्राद्धमा सूर्यग्रहण लाग्दै : १७८ वर्षपछि बन्दैछ दुर्लभ संयोग, ५ राशिको चम्किनेछ भाग्य

आज असोज २७ गते शनिबार औंसी श्राद्धको दिन सूर्यग्रहण लाग्ने भएकाले यस दिनको महत्व झन् बढेको छ। ग्रहणको समयमा सूर्य र बुध दुवै कन्या राशिमा हुने भएकाले बुधादित्य योग बन्नेछ।

ग्रहहरूको यस्तो स्थिति लगभग १७८ वर्षपछि बन्न लागेको हो, यस्तो अन्तिम पटक सन् १८४५ मा बनेको थियो। सूर्यग्रहणको बेला बुधादित्य योग बन्नु धेरै राशि भएका व्यक्तिहरूलाई आर्थिक रुपले लाभदायी साबित हुन् सक्छ।

यो ग्रहण शनिबार लाग्ने भएकाले यसलाई शनि अमावस्या पनि भनिन्छ। यो दिन पितृ अनुष्ठान गर्नको लागि महत्वपूर्ण मानिन्छ। यस दिन श्राद्ध र तर्पण गर्दा शुभ फल प्राप्त हुने जनविश्वास छ। यो सूर्यग्रहण नेपालबाट नदेखिने भएपनि यसले १२ राशिका जातकमा शुभ – अशुभ प्रभाव भने अवश्य पार्छ। यो सूर्यग्रहणमा सूतक काल लागू हुँदैन्।

मिथुन राशि : – मिथुन राशिका लागि यो सूर्यग्रहणले राम्रो सम्भावना ल्याउन सक्छ। यस अवधिमा तपाईले आर्थिक समृद्धि प्राप्त गर्न सक्नुहुनेछ। सुखी जीवन बिताउनुहुनेछ। आफ्ना कार्यहरू पूरा गर्न सक्षम हुनुहुनेछ।

सिंह राशि : – शनिबार लाग्ने सूर्यग्रहण सिंह राशिका लागि लाभकारी सिद्ध हुन् सक्छ। यस अवधिमा तपाईले भाग्यको साथ पाउनुहुनेछ र काममा सफलता मिल्नेछ। परिवारसँग कतै घुम्न जाने योजना पनि बनाउन सक्नुहुन्छ।

तुला राशि : – तुला राशिका लागि यो सूर्यग्रहणले शुभ परिणाम ल्याउन सक्छ। यस अवधिमा तपाईले सकारात्मकता, सुख, समृद्धि र सम्मान प्राप्त गर्नुहुनेछ।तपाईले आफ्नो कार्यले आफ्ना वरिष्ठहरूलाई प्रभावित पार्नुहुनेछ। भाग्यले साथ दिनेछ।

वृश्चिक राशि : – वृश्चिक राशिका लागि यो सूर्यग्रहणले शुभ समाचार ल्याउन सक्छ। ग्रहणको समयमा तपाईको आत्मविश्वास बढ्नेछ। मिहिनेतको पूरा फल प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ ।

मकर राशि : – मकर राशिका मानिसका लागि सूर्यग्रहणले जीवनमा सुख-समृद्धि ल्याउने संकेत गर्छ। ग्रहणको प्रभावले तपाईको आम्दानी बढ्न सक्छ। तपाईले जग्गा, भवन वा सवारी साधन खरिद गर्ने बारे पनि विचार गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट