वैदिक ज्योतिष अनुसार राहु ग्रहले राशि परिवर्तन गर्दैछ। राहु ग्रह मेष राशिबाट निस्केर मीन राशिमा प्रवेश गर्नेछ। जसकारण गुरु चण्डाल योग समाप्त हुँदैछ। यस्तो अवस्थामा यो योगको समाप्तिसँगै ३ राशिका व्यक्तिहरुको हरेक मनोकामना पूरा हुन सक्छ । साथै अप्रत्याशित आर्थिक लाभ पनि हुन सक्छ। जानौँ ती भाग्यशाली राशिहरु कुन – कुन हुन्…
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – गुरु चण्डाल योग समाप्त हुँदा हरेक क्षेत्रमा सफलता हासिल हुन् सक्छ। किनकि राहु र बृहस्पतिको दृष्टि तपाईको राशिमा परिरहेको थियो। साथै यो योग तपाईको राशिबाट सप्तम भावमा बनिरहेको थियो, जसकारण तपाईको वैवाहिक जीवनमा तनाव चलिरहेको थियो, अब अन्त्य हुन् सक्छ।
साथै, पैसा र करियरको सन्दर्भमा तपाईको लागि शुभ अवसरहरू सिर्जना हुनेछन् र तपाईले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ। समाजमा मान-सम्मानमा वृद्धि हुनेछ। यस समयमा साझेदारी कार्यमा राम्रो लाभ मिल्नेछ। साथै, अविवाहित व्यक्तिहरूको सम्बन्ध स्थायी हुन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – गुरु चण्डाल योगको अन्त्यसँगै कर्कट राशिका लागि शुभ दिन सुरु हुन सक्छ। किनकी यो योग तपाईको राशिबाट दशम भावमा बनिरहेको थियो। तसर्थ, तपाईले काम र व्यापारमा सामना गर्नुपरेको समस्याबाट मुक्ति मिल्नेछ।
साथै, बेरोजगार व्यक्तिहरूले यस समयमा नयाँ काम प्रस्तावहरू प्राप्त गर्न सक्छन्। यसका साथसाथै व्यवसायीले राम्रो नाफा कमाउन सक्ने र काम गर्नेलाई यो समयमा पदोन्नति मिल्न सक्छ । साथै यस समयमा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बुवासँगको सम्बन्ध पनि राम्रो हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – बृहस्पति र राहुको संयोग समाप्त हुँदा हरेक क्षेत्रमा सफलता मिल्नेछ । किनभने यो संयोग तपाईंको राशिबाट नवौं घरमा बनिरहेको थियो। त्यसैले यो समयमा नपाएको भाग्यको साथ अब पाउन थाल्छ। साथै, बाँकी रहेका कामहरु पनि सम्पन्न हुनेछन् ।
आम्दानी बढ्नेछ र व्यवसायी हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ । सन्तानको सुखबाट वञ्चितहरूले सुख प्राप्त गर्नेछन्। पितासँगको सम्बन्धमा मधुरता आउनेछ। विद्यार्थीहरूका लागि यो समय राम्रो साबित हुन सक्छ। अर्थात् उसले जुनसुकै परीक्षा पास गर्न सक्छ ।
Discussion about this post