गरुड पुराणमा जीवन र मृत्युसँग सम्बन्धित धेरै कुराहरू उल्लेख गरिएको छ। यदि कुनै व्यक्तिले गरुड पुराणका कुराहरूलाई जीवनमा लागू गरेर अपार सफलता प्राप्त गर्न सक्छ। गरुड पुराणमा महिलाको बारेमा विशेष कुरा उल्लेख गरिएको छ । विशेष गरी ती महिलाहरू जो विवाहित जीवनमा छन्। हरेक विवाहित महिलाले गरुड पुराणका कुराहरुको यस्ता कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
पति वा प्रेमीसँग लामो दुरी नबनाउनुहोस्: गरुड पुराणका अनुसार श्रीमती आफ्नो पतिबाट टाढा रहनु हुँदैन र प्रेमिका आफ्नो प्रेमीबाट लामो समयसम्म टाढा रहनु हुँदैन। किनभने जीवनसाथीसँगको दूरीले महिलालाई मानसिक रूपमा कमजोर बनाउँछ ।
लामो समयसम्म पराइ घरमा नबस्नुहोस्: गरुड पुराण अनुसार तपाईको घर सधैँ तपाईको आफ्नै हुन्छ। यस्तो अवस्थामा अरुको घरमा धेरै समय बस्नु हुँदैन । जुन सम्मान आफ्नै घरमा पाइन्छ, त्यो इज्जत अन्यको घरमा कहिल्यै मिल्दैन।
आफ्ना प्रियजनहरूको अनादर नगर्नुहोस्: गुरुड पुराण अनुसार मिठो बोल्ने र सबैको कल्याणको कामना गर्ने नारीलाई पुण्यवान भनिन्छ । यस्ता महिलाप्रति पुरुष आकर्षित हुन्छन् । प्रतिकूल परिस्थितिमा पनि आफ्नो बोलीलाई नियन्त्रणमा राख्ने महिलाले सबै ठाउँमा सम्मान पाउँछन् ।
धेरै दूरी नबनाउनुहोस्: शास्त्र अनुसार पति पत्नी एक-अर्काप्रति समर्पित रहन्छन् । यस्तो अवस्थामा दुवैको साथ हुनु निकै जरुरी छ । एक-अर्काबाट टाढा रहँदा उनीहरूका लागि सामाजिक समस्याहरू सिर्जना हुन्छन्। त्यसै गरी प्रेमी–प्रेमिका बीचको सम्बन्धलाई मजबुत बनाउन दुवैको सँगै हुनु अति आवश्यक हुन्छ ।
Discussion about this post