आज असोज २५ गते बिहिबार: ३ राशिको खुल्नेछ बन्द किस्मतको ताला, सिंह र कुम्भ राशिको हुनेछ अनावश्यक खर्च

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – दिनको प्रारम्भ उर्जा र उल्लासमा बित्नुहुनेछ । शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ । साथी एवम आफन्तसँग मेलमिलाप हुनेछ । परिवारसँग मनदु:खको प्रसंग रहनेछ । खानपानमा ध्यान राख्नुहोला । कुराकानी गर्ने समय उग्र्तापूर्ण भाषाको प्रयोग नगर्नुहोला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – मनको दुविधापूर्ण स्थितिले असुन्तुष्टि अनुभव गर्नुहुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । आफन्तसँग वियोग हुनेछ । मध्यान्नपछि केहि अनुकुल अनुभव गर्नुहुनेछ । काम गर्न उत्साह वृद्दि हुनुको साथसाथै आर्थिक लाभ प्राप्त हुनेछ । पारिवारिक वातावरणले आनन्दित गर्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मित्रबाट लाभ मिल्नेछ । नयाँ साथी भविष्यको लागि लाभदायी रहनेछ । सरकारी कार्यमा लाभ हुनेछ । मध्यान्नपछि सावधानी अपनाउनुहोला । धर्म र कर्ममा अधिक हानि नहोस यस कुराको ध्यान राख्नुहोला । पैसाको लेनदेन नगर्नुहोला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – दिनको प्रारम्भमा शारीरिक र मानसिकरुपले व्याकुलता र अस्वस्थताको अनुभव गर्नुहुनेछ । रिसको मात्रा अधिक रहनाले मनदु :ख हुनेछ । मध्यान्नपछि शारीरिक स्थितिमा सुधार आउनेछ । परिवारमा आनन्द वातावरण रहनेछ । व्यवसायिक स्थलमा उच्च अधिकारीसँग आवश्यक चर्चा गर्नुहुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – पारिवारिक तथा व्यवसायिक क्षेत्रमा दिन राम्रो तरिकाले बित्नेछ । कार्यको बोझ बढ्नुको साथसाथै स्वास्थ्यमा शिथिलता अनुभव गर्नुहुनेछ । मध्यान्नपछि स्वास्थ्यमा सुधार आउन सक्ला । सामाजिक कार्यमा भाग लिनुहुनेछ । साथीसँग भेट हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – तपाईको मन गहन चिन्तनशक्ति एवम् रहस्यमय विद्याप्रति आकर्षित हुनेछ । सोचविचार गरी बोल्नुहोला । स्वास्थ्यमा केहि अस्वस्थता अनुभव गर्नुहुनेछ । मध्यान्नपछि बसाईको आयोजन गर्नुहुनेछ । धार्मिक तथा मांगलिक कार्यमा जाने प्रसंग उपस्थित हुनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – सामाजिक तथा बाह्य क्षेत्रमा प्रशंसा प्राप्त गर्नुहुनेछ। प्रियपात्र मिल्नाले मन प्रफुल्लित रहनेछ। दाम्पत्यजीवनमा सुख र सन्तोष अनुभव गर्नुहुनेछ। मध्यान्नपछि बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला । आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – दिन निकै प्रवृत्तिमय र आनन्दमय रुपमा बित्नेछ । व्यवसाय र व्यापारको कार्यमा व्यस्त रहनुहुनेछ । अधिक मान्छेसँग भेट हुँदा विचार आदानप्रदान गर्नुहुनेछ । सामाजिक क्षेत्रमा कार्यको प्रशंसा रहनेछ । दाम्पत्यजीवनमा आनन्द छाईरहनेछ । प्रिय पात्रसँग भेट हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – शारीरिक तथा मानसिकरुपले शिथिलता अनुभव गर्नुहुनेछ । कार्यको लागि अधिक भागदौड गर्नुहुनेछ । मध्यान्नपछि शारीरिक तथा मानसिक स्वस्थता अनुभव गर्नुहुनेछ । साथी एवम आफन्तसँग आनन्दपूर्ण समय बिताउनुहुनेछ । आर्थिक लाभ हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – अधिक भावनाशिल एवम संवेदनशिल नबन्नुहोला । मानसिक अस्वस्थता रहनेछ । सन्तानसँग चिन्ता रहनेछ । सरकार तथा उच्च अधिकारीको विषयमा कार्य सफलता प्राप्त हुनेछ । सम्पत्तिको पत्रमा दस्तावेज नगर्नुहोला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ । विचारमा शिघ्र परिवर्तन आउन सक्ला । लेखन कार्यको लागि दिन राम्रो रहेको छ । मध्यान्नपछि परिस्थितिमा परिवर्तन आउनेछ । तपाईको बोलि र व्यवहारले कसैको मन दुख्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – अधिक खर्च हुनाले मन व्यग्र रहनेछ । मनमुटाव वा तनावको प्रसंग नबन्नुहोला । आर्थिक विषयमा सम्हालेर चल्नुहोला । परिवर्तन भएको विचारले दुविधापूर्ण स्थिति निर्माण गर्नेछ । बोद्दिक विचार अनुभव गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट