शनि ग्रहलाई ज्योतिषमा न्यायको देवता मानिन्छ। शनिले व्यक्तिलाई तिनको कर्म अनुसार फल दिन्छ। यहीँकारण जुन राशिमा शनिको साढेसाती या ढैय्या लाग्छ, त्यस राशिको जातकको जिन्दगीमा उथलपुथल आउँछ।
साढेसातीको समय साढे सात वर्ष र ढैय्याको समय अढाई वर्ष हुन्छ। अहिले शनि मकर राशिमा छ। शनिको साढेसाती र ढैय्या कसरी लाग्छ, साथै कुन राशिमा कहिले देखि कहिलेसम्म लाग्छ त ?
जब शनिले राशि परिवर्तन गर्छ तब ३ राशिमा शनिको साढेसाती र २ राशिमा शनिको ढैय्या लाग्छ। शनिले जुन राशिमा राशि परिवर्तन गर्छ, त्यसमा र त्यस राशिको अगाडी र पछाडीको राशिमा साढेसाती सुरु हुन्छ।
अहिले शनि मकरमा भएको कारण कुम्भ र धनु राशिमा साढेसाती चलिरहेको छ। शनिले अढाई वर्षमा एक पटक राशि परिवर्तन गर्छ। राशि परिवर्तनको बेला शनि जुन राशिमा चौथो या आठौँ भावमा हुन्छ, त्यसमा ढैय्या सुरु हुन्छ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : साढेसाती – २९ मार्च २०२५ देखि ३१ मे २०३२ सम्म ढैय्या – १३ जुलाई २०३४ देखि २७ अगस्ट २०३६ सम्म र १२ डिसेम्बर २०४३ देखि ८ डिसेम्बर २०४६ सम्म
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : साढेसाती – ३ जुन २०२७ देखि १३ जुलाई २०३४ सम्म ढैय्या – २७ अगस्ट २०३६ देखि २२ अक्टोबर २०३८ सम्म
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : साढेसाती – ८ अगस्ट २०२९ देखि २७ अगस्ट २०३६ सम्म ढैय्या – २२ अक्टोबर २०३८ देखि २९ जनवरी २०४१ सम्म
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : साढेसाती – ३१ मे २०३२ देखि २२ अक्टोबर २०३८ सम्म ढैय्या – २९ अप्रिल २०२२ देखि २९ मार्च २०२५ सम्म र २९ जनवरी २०४१ देखि १२ डिसेम्बर २०४३ सम्म
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : साढेसाती – १३ जुलाई २०३४ देखि २९ जनवरी २०४१ सम्म ढैय्या – २९ मार्च २०२५ देखि ३ जुन २०२७ सम्म र १२ डिसेम्बर २०४३ देखि ८ डिसेम्बर २०४६ सम्म
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : साढेसाती – २७ अगस्ट २०३६ देखि १२ डिसेम्बर २०४३ सम्म ढैय्या – ३ जुन २०२७ देखि ८ अगस्ट २०२९ सम्म
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : साढेसाती – २२ अक्टोबर २०३८ देखि ८ डिसेम्बर २०४६ सम्म ढैय्या – ८ अगस्ट २०२९ देखि ३१ मे २०२० सम्म
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : साढेसाती – २८ जनवरी २०४१ देखि ३ डिसेम्बर २०४९ ढैय्या – २९ अप्रिल २०२२ देखि २९ मार्च २०२५ सम्म र ३१ मे २०३२ देखि १३ जुलाई २०३४ सम्म
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : साढेसाती – १२ डिसेम्बर २०४३ देखि ३ डिसेम्बर २०४९ सम्म ढैय्या – २९ मार्च २०२५ देखि ३ जुन २०२७ सम्म र १३ जुलाई २०३४ देखि २७ अगस्ट २०३६ सम्म
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : साढेसाती – २६ जनवरी २०१७ देखि २९ मार्च २०२५ सम्म ढैय्या – ३ जुन २०२७ देखि ८ अगस्ट २०२९ सम्म र २७ अगस्ट २०३६ देखि २२ अक्टोबर २०३८ सम्म
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : साढेसाती – २४ जनवरी २०२० देखि ३ जुन २०२७ सम्म ढैय्या – ८ अगस्ट २०२९ देखि ३१ मे २०३२ सम्म र २२ अक्टोबर २०३८ देखि २९ जनवरी २०४१ सम्म
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : साढेसाती – २९ अप्रिल २०२२ देखि ८ अगस्ट २०२९ सम्म ढैय्या – ३१ मे २०३२ देखि १३ जुलाई २०३४ सम्म र २९ जनवरी २०४१ देखि १२ डिसेम्बर २०४३ सम्म
Discussion about this post