सूर्य शनिको राशि कन्या राशिमा प्रवेश गर्दैछ। शनि कुम्भ राशिमा प्रवेश गर्नेछ। यसपछि सूर्यदेव मकर राशिमा प्रवेश गर्नेछन्। शनि र सूर्यको यस संयोगबाट कुन-कुन राशिलाई शुभ हुनेछ जान्नुहोस्?
मेष राशि
मेष राशिको कुण्डलीको पाँचौँ घरको स्वामी सूर्य र दसौँ घरको स्वामी शनि हुन्। मेष राशिका लागि यी दुई ग्रहको मिलन शुभ रहनेछ। यी दुई ग्रहको मिलनले मेष राशिका व्यक्तिलाई आम्दानीमा वृद्धि हुनेछ। समाजमा मान सम्मान बढ्नेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ।
कन्या राशि
कन्या राशिका लागि सूर्य १२ औँ घरको स्वामी हुन् भने शनिलाई पाँचौँ र छैटौँ घरको स्वामी हुन्। यी दुई ग्रहको संयोग कन्या राशिको छैटौँ घरमा हुनेछ । शनि-सूर्य युतीको प्रभावले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई शुभ फल मिल्नेछ। काम गर्नेलाई नयाँ कामको प्रस्ताव मिल्न सक्छ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिले सफलता हात पार्न सक्छन्।
धनु राशि
धनु राशिका लागि सूर्य नवौँ, शनि दोस्रो र तेस्रो घरको स्वामी हो। यी दुई ग्रहको संयोग धनु राशिको तेस्रो घरमा हुनेछ। यस अवधिमा धनु राशिका व्यक्तिको साहस र पराक्रम बढ्नेछ। यात्रामा लाभको सम्भावना छ । वाणीको प्रभावले कार्यमा सफलता मिल्नेछ । भाग्यले साथ दिँदा केही काम बन्नेछ। परिवारसँग राम्रो समय बित्नेछ।
Discussion about this post