ज्योतिषशास्त्रका अनुसार कुनै ग्रह वक्री या मार्गी हुँदा त्यसको असर राशिचक्रका सबै १२ राशिहरुमा पर्छ। ज्योतिषीय गणना अनुसार देवगुरु बृहस्पति मेष राशिमा वक्री भएको थियो। जबसम्म भगवान बृहस्पति यस स्थितिमा रहन्छ, तीन राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ। कुन – कुन राशिका जातक धनसम्पत्तिले भरिपूर्ण हुनेछन् ?
मेष राशि: ज्योतिषीय हिसाबले देवगुरु बृहस्पति मेष राशिमा मार्गी छ। यस्तो अवस्थामा मेष राशिका व्यक्तिहरुलाई सन् २०२३ को अन्त्यसम्म आर्थिक लाभ मिल्ने छ । काम र व्यापारबाट यो आर्थिक लाभ प्राप्त हुनेछ। यसका साथै यस अवधिमा अप्रत्याशित आर्थिक लाभ पनि हुन सक्छ। नोकरीमा पदोन्नतिको लाभ मिल्न सक्छ । यसका अतिरिक्त तपाईले यस अवधिमा व्यापारबाट धेरै नाफा कमाउनुहुनेछ। लगानीबाट पैसा आउनेछ ।
तुला राशि: तुला राशिका लागि बृहस्पतिको गति विशेष मानिन्छ। ज्योतिषीय हिसाबले अक्टोबरदेखि डिसेम्बरसम्मको समय यस राशिका मानिसका लागि वरदानभन्दा कम हुँदैन । यस्तो अवस्थामा तुला राशिका व्यक्तिहरूलाई चौतर्फी आर्थिक लाभ मिल्नेछ। व्यापार व्यवसायमा आर्थिक उन्नति हुनेछ । दाम्पत्य जीवनमा सुख मिल्नेछ। यस अवधिमा अचानक आर्थिक लाभ हुन सक्छ। व्यापारमा लगानी गरेको धन लाभको रुपमा प्राप्त हुनेछ ।
मीन राशि: देवगुरु बृहस्पतिलाई मीन राशिको स्वामी मानिन्छ। यस्तो अवस्थामा बृहस्पतिको वक्रीका कारण जीवनमा सकारात्मक परिवर्तन आउने देखिन्छ। यस अवधिमा दाम्पत्य जीवनमा खुशी कायम रहनेछ। पुरानो साथीबाट आर्थिक लाभ हुन सक्छ।
यस अवधिमा विदेश यात्राको अवसर मिल्नेछ, जसलाई आर्थिक दृष्टिले शुभ मानिन्छ। बृहस्पति प्रतिगामी अवधिमा नोकरी र व्यापारबाट आर्थिक लाभ मिल्नेछ। जमिनको कुनै विवादबाट राहत मिल्नेछ । विद्यार्थीहरूले प्रतिस्पर्धात्मक परीक्षामा सफलता पाउन सक्छन्।
Discussion about this post