फुटबल खेल्न इजरायल गएकी ‘साम्बा’ सुरक्षित छिन् कि छैनन् ?

व्यावसायिक फुटबल खेल्न इजरायल गएकी नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले आफू इजरायलमा सुरक्षित अवस्थामा रहेको बताएकी छिन्।

सोमबार सञ्चारमाध्यमको सम्पर्कमा आउँदै उनले आफू तेलअविवमा सुरक्षित अवस्थामा रहेको बताईन्। उनी गत साउन महिनामा हापोइल रानाना क्लबबाट इजरेली प्रिमियर लिग खेल्न इजरायल गएकी थिइन्। इजरायलमा उनी क्लबले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएकी थिईन्। इजरायल एसियामा पर्ने भए पनि युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ।

इजरायलमा शनिवार आतङ्ककारी हमलामा भएपछि इजरायलस्थित नेपाली दूतावासका स्वकीय सचिव अर्जुन घिमिरेको परिवारसँग बसिरहेको र सुरक्षित रहेको बताईन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा समस्यामा भए राजदूतावासको सहयोगमा नेपाल झिकाउने प्रयास गर्ने आश्वासन दिएको छ। यससँगै उनले आफूले खेलिरहेको क्लबले पनि आफूलाई नेपाल फर्काउन भरपूर प्रयास गरिरहेको तर फ्लाइट उपलब्ध नहुँदा रोकिएको बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights