आज हामी जे छौ त्यो हाम्रो आमा बुबाले दिएको उपहार हो

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१. आज हामी जे छौ त्यो हाम्रो आमा बुबाले दिएको उपहार हो र भोली हामी जे बन्छौ त्यो हामीले हाम्रो आमा बुबालाई दिने उपहार हो, त्यसैले आफ्नो आमा बुबालाई कस्ती उपहार दिन चाहनुहुन्छ, तपाई त्यस्तै बन्ने कोशिस गर्नुस ।

२. बुबा निमको रुख जस्तै हो जसको पत्ता चाहे जतिनै तितो भएपनि छहारी भने एकदमै शितल दिने गर्छ । ३. जीवनमा तपाई जति सफल र महान भए पनि दुइ जनाको ख्याल राख्न नबिर्सिनु होला, एक त्यो जसले तपाईको जितको लागि आफ्नो सबैथोक हारीदिन्छ, तपाइको बुबा र अर्को त्यो जसले तपाईलाई दुख्ला भनेर सबै दुख आफै सहिदिन्छ, तपाइको आमा ।

४. आमा जतिको शक्तिशाली यो दुनियामा अरु कोहि हुदैन किनकि मृत्युको मुखमा पुगेर पनि उसले आफ्नो सन्तानलाई जन्म दिन्छन । ५. म बुझ्न सक्दिन कि कसरी कोहि मान्छे आफ्नो घरमा ढुंगाले बनेको मुर्तिको लागि ठाउ बनाउन सक्छ जबकी आफैलाई जन्म दिने आफ्नो आमाबुबाको लागि अलिकति पनि ठाउ हुदैन ।

६. आफ्नो सन्तानको सानो खुशीको लागि आमाबुबाले अनेक दुख गर्छन तर बिडम्बना त्यहि सन्तान ठुलो भएपछी आमाबुबालाई घरमा ठाउ दिदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights