आज असोज २२ गते सोमबार: माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिअनुसार तपाईंको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । धन नाश हुने योग छ । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): मान सम्मान मिलेपनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights