भोलिदेखि मङ्गलले बदल्नेछ चाल, यी राशिका जातकले गर्नेछन् बम्पर कमाई

वैदिक ज्योतिषमा मङ्गललाई साहस, ऊर्जा, बहादुरी, भूमि आदिको स्वामी मानिन्छ। मेष र वृश्चिक राशिको स्वामी मङ्गलको सिधा चाल वृष राशिमा प्रवेश गर्नेछ।

कुण्डलीमा मङ्गलको स्थिति राम्रो हुँदा यस राशिका जातकहरुको जीवनमा नयाँ उर्जाको सञ्चार हुन्छ। त्यस्तै केही मानिसहरुले जीवनमा उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। जान्नुहोस् कुन-कुन राशिका लागि मङ्गल शुभ रहनेछ त…

वृष राशिमा मङ्गलको प्रभाव: मङ्गल वृष राशिमै प्रवेश गर्दैछ, जसले गर्दा यस राशिका जातकलाई अवश्यै लाभ मिल्नेछ। यस अवधिमा जुन कामका लागि तपाईले विगत केही दिनदेखि मिहिनेत गरिरहनुभएको थियो, ती कामनाहरू पूरा हुनेछन्।

साथै साथीभाइसँग लामो यात्रामा जाने सम्भावना छ। व्यापारमा कुनै महत्त्वपूर्ण योजना कार्यान्वयन गर्न समय अनुकूल छ र परिवारको पनि पूर्ण सहयोग मिल्नेछ। प्रतियोगात्मक परीक्षामा सहभागी हुने विद्यार्थीहरूले आफ्नो मेहनतको फल पाउनेछन्। दाम्पत्य जीवनमा मधुरता रहनेछ तर केही कुरामा झगडा हुनेछ ।

सिंह राशिमा मङ्गलको प्रभाव: सिंह राशिका लागि मंगल ग्रहको चाल निकै राम्रो रहनेछ। यस अवधिमा कार्यस्थलमा चलिरहेको विवाद समाधान हुनेछ। आर्थिक दृष्टिकोणले मंगल ग्रहको गोचरले तपाईका लागि सकारात्मक परिणाम ल्याउनेछ।

यदि तपाई नयाँ अर्डर वा टेन्डरहरूको लागि आवेदन दिन चाहनुहुन्छ भने, तपाईको लागि समय अनुकूल रहनेछ। ईमानदारी र कडा परिश्रमले तपाईले आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्न सक्षम हुनुहुनेछ। यसका साथै तपाईले आफ्नो कार्यकुशलता देखाउने मौका पनि पाउनुहुनेछ।

वृश्चिक राशिमा मङ्गलको प्रभाव: वृश्चिक राशिका लागि मङ्गल ग्रहको गोचर शुभ रहनेछ। यस अवधिमा धार्मिक कार्यमा मन लाग्नेछ र सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी भइनेछ। व्यापार विस्तारको लागि बनाएका योजनाहरू पूरा गर्न समय राम्रो छ।

जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने तपाईको इच्छा पूरा हुनेछ। आर्थिक रूपमा वृश्चिक राशिका जातकले गोचरकालमा सकारात्मक परिणाम हासिल गर्नेछन्। करियरको उन्नतिको लागि योजनाहरूको पुनः समीक्षा गर्नुपर्नेछ र तदनुसार कार्य गर्नुपर्नेछ ।

धनु राशिमा मङ्गलको प्रभाव: धनु राशिका लागि मङ्गलको गोचर आर्थिक लगानीको दृष्टिले लाभदायी साबित हुनेछ। यस समयमा तपाई कुनै पनि कार्य पूरा गर्न उत्साहित हुनुहुनेछ, जसले तपाईको मनोबल बढ्नेछ। यस अवधिमा जागिर खोज्ने युवाहरूको इच्छा पूरा हुन सक्छ।

तपाईले लगानीको सन्तोषजनक नतिजा पनि पाउनुहुनेछ। यस अवधिमा केही नयाँ जिम्मेवारीहरू आउन सक्छन्, त्यसैले बुद्धिमानीपूर्वक निर्णय लिनुहोस्। आफ्नो पार्टनरसँगको सम्बन्धमा रचनात्मक र सहज हुनुहोस्। व्यक्तिगत र व्यावसायिक जीवनलाई पनि अलग राख्नुहोस्।

मीन राशिमा मङ्गलको प्रभाव: मीन राशिका लागि मंगल ग्रहको गोचर धेरै अनुकूल रहनेछ। यस अवधिमा तपाईको व्यक्तित्वमा धेरै परिवर्तन आउनेछ र मानिसहरु तपाईको बोली र व्यवहारबाट धेरै खुसी हुनेछन्। तपाईले आफ्नो कार्यहरु आत्मविश्वासका साथ गर्नुहुनेछ र ती कामहरु पूरा गर्न सफल हुनुहुनेछ।

यस अवधिमा, तपाईले आफ्नो परिवारका सदस्यहरूसँग गुणस्तरीय समय बिताउनुहुनेछ र उनीहरूको आवश्यकताको पनि ख्याल राख्नुहुनेछ। गोचरकालको अवधिमा तपाईले उठाउनुभएका स्मार्ट कदमले उत्साहजनक परिणाम दिनेछ। आमाबुवासँगको सम्बन्ध सुमधुर रहनेछ र कामको लागि दौडधुपको स्थिति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट