सत्य युगमा ब्रम्हा, विष्णु र महेश्वर बसेको हजार धारा भएको सहस्रधाराको रहस्य

बागलुङ जिल्लको गलकोटमा अवस्थित सहस्रधारा सत्य युगमा ब्रम्हा, विष्णु र महेश्वर सितलताको खोजिमा हिड्ने क्रममा हाल यही सहस्रधारा भएको ठाउँमा सितल भेटेर बसेका थिए देवताहरुले त्यहाँ प्यास लाग्दा पानी नपाएकोले हिमालसम्म पुगेर पानी पिएका थिए । देवताहरुले हालको सहस्रधारा रहेको ठाउँको प्रशंसा गर्दै त्यस ठाउँमा पानीको अभावलाई प्रष्टाउँदै हिमालका देवतासँग पानी मागे पश्चात् सहस्रधारा भएको किंवदन्ती रहेको पाइन्छ ।

हिन्दु धर्मका देवी देवता जस्तै गलकोट सहस्रधारामा पनि झाँक्रि नामका देवी देवताहरु र उनको दरबार रहेको विश्वास रहँदै आएको छ । उक्त दरबार भित्र जानको लागि पहिले ओडार(गुफा) रहेको थियो तर पछि त्यस ओडार माथि रहेको छाना खासेर पुरिएको कुरा स्थानीय पाकापुस्ताहरु बताउँछन् ।

दरबार भित्र गेटपालेदेखि यानसम्मको व्यवस्था रहेको छ भन्ने विश्वास छ । जो मानिसको मन सफा छ, असल छ उक्त मानिसलाई झाँक्रि उत्रिन्छन् र झाँक्रिले आफ्नो दरबारमा लगि मन्त्र सिकाएर पठाउने जनविश्वास छ ।

धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय पाकापुस्ताहरु बताउँछन् । मुक्तिनाथ जाने तिर्थयात्री र वरिपरिका जिल्लाबाट मानिसहरु स्नान र दर्शनका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट