अनौठो मन्दिर, जहाँ हुन्छ स्तनको पूजा

शक्तिपिठहरुमा देवी देवताका विभिन्न विशेष अंगहरुको समेत पूजा हुन्छ । जापानमा एउटा यस्तो मन्दिर छ जहाँ भगवानको होइन स्तनको पुजा हुन्छ ।

उक्त मन्दिर स्तनकी देवी छिछिगमिसमको नामले चिनिन्छ । यो मन्दिरमा वर्षौँदेखि स्तनको पुजा हुँदै आएको छ । मन्दिरमा जहाँतहीँ स्तनका प्रतिकस्वरुप मूर्तिहरु राखिएको छ । मन्दिरमा फूलपाति अक्षताको साटो मानिसहरु स्तनका डमीहरु चढाउँछन् र वर माग्दछन् । कपडा तथा कपासबाट बनेका स्तनले मन्दिर सजिएको छ ।

रोचक त के भने यो मन्दिरमा सुरक्षित गर्भाधारण तथा स्तन क्यान्सरबाट बचावटको कामना सहित स्तनको पुजा गर्ने गरिन्छ । यो मन्दिरमा स्तन पुजा गर्नाले महिलाका विभिन्न खाले यौनरोगहरुबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

वाकायामा सहरका एक डाक्टरले स्तन क्यान्सर पीडित आफ्नी श्रीमतीको रोग निको होस् भनी उक्त मन्दिरमा स्तनको प्रतिमूर्ति चढाएर पुजा गरेका र पुजापछि उनकी श्रीमतीको रोग निको भएको भन्ने किम्बदन्तीका आधारमा मन्दिरमा स्तनको पुजा हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट