काठमाडौं । मन्दिरसँग जोडिएका रोचक कुराहरुको बारेमा त तपाईलाई थाहा नै छ होला । तर एउटा यस्तो मन्दिर छ जहाँको हावा, पानी र माटोबाट विभिन्न रोगको उपचार गरिन्छ । यसको बारेमा भने तपाईलाई कमै मात्र थाहा होला ।
आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ । भारतको गोरखनाथको नाममा रहेको गोरखपुर नगरीमा स्थित यो चमत्कारी मन्दिरमा देशविदेशबाट धेरै मानिसहरु जाने गर्दछन् । उत्तर प्रदेशको यो शहरको इतिहास धेरै पुरानो छ ।
त्यहाँ मानिसको उपचार विभिन्न प्राकृतिक कुराबाट गरिन्छ । मन्दिर क्षेत्रको माटो, हावा र पानीबाट त्यसको उपचार गरिन्छ । ठूलो रोगहरु पनि निको हुने मानिसको विश्वास रहेको छ । यो मन्दिरको नाम हो आरोग्य मन्दिर । यो मन्दिरको निर्माण करिव ८० वर्ष पहिला भएको थियो ।
Discussion about this post