शनि-राहुको खतरनाक संयोग: दशैदेखी तिहारसम्म होशियारीपूर्वक चाल्नुहोस् कदम, हुन् सक्छ ठूलो हानि

ज्योतिष शास्त्रमा शनिदेवलाई कर्मफलदाता भनिन्छ। शनिदेवले जातकलाई कर्मको हिसाबले शुभ वा अशुभ फल प्रदान गर्छ। शनिको राशि परिवर्तन या नक्षत्र परिवर्तनको असर हरेक राशिका जातकको जीवनमा कुनै न कुनै रुपमा पर्छ।

यतिबेला शनि आफ्नो स्वराशि कुम्भ राशिमा विराजमान छ। शतभिषा नक्षत्रको स्वामी राहु हो। यस्तो अवस्थामा शनि र राहुको यो मिलनले धेरै राशिको समस्या बढाउन सक्छ। शतभिषा नक्षत्रको प्रथम चरणमा शनि रहेकाले कुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने थाहा पाउनुहोस्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : कर्कट राशिका व्यक्तिहरूका लागि शनिको शतभिषा नक्षत्रमा प्रवेश लाभदायी हुने छैन किनभने यस राशिमा शनिको ढैय्या चलिरहेको छ । यस्तो अवस्थामा यो राशिका व्यक्तिहरूले असोज ३० गतेसम्म अलिकति सावधानी अपनाउन जरुरी छ। स्वास्थ्यमा अलिकति सचेत रहनु पर्ने देखिन्छ। अनावश्यक खर्चले समस्यामा पर्न सक्छ। काम गर्ने व्यक्तिहरूले पनि कार्यस्थलमा अलिकति सावधानी अपनाउनुपर्ने देखिन्छ। यसका साथै व्यापारमा धेरै पैसा लगानी नगर्नुहोस्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : शनि ग्रहको शतभिषा नक्षत्रमा प्रवेश वृश्चिक राशिका व्यक्तिका लागि पनि लाभदायक साबित हुने छैन । यस राशिका व्यक्तिहरूले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। आमाबाबुको स्वास्थ्यको पनि विशेष ख्याल राख्नुहोस्। गलत तरिकाले पैसा कमाउने मानिसहरू सावधानीका साथ अगाडि बढ्नुपर्छ किनभने तिनीहरूको यो तरिका उजागर हुन सक्छ। समाजमा मान – सम्मानमा कमी हुन सक्छ। सम्बन्धमा पनि चिसोपन आउन सक्छ । सवारी चलाउँदा सावधानी अपनाउनुहोस।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : हाल यस राशिमा शनिको साढेसाती चलिरहेको छ। यस्तो अवस्थामा शनिले राहु नक्षत्रमा प्रवेश गर्दा धेरै समस्या बढ्न सक्छ। असोज ३० गतेसम्म यस राशिका व्यक्तिहरूले अलि बढी सावधानी अपनाउनुपर्ने देखिन्छ। कुनै पनि प्रकारको निर्णय नगर्नुहोस्, किनकि यसले भविष्यमा प्रतिकूल प्रभाव पार्न सक्छ। अनावश्‍यक खर्चले सताउन सक्छ। ऋण लिनुपर्ने अवस्था आउन सक्छ । घरपरिवारमा कुनै विषयमा विवाद हुनसक्छ । परिवारको सदस्यको स्वास्थ्यको बारेमा चिन्तित हुन सक्छ। यससँगै उनको स्वास्थ्यमा थप खर्च हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट