१२ वर्षपछि सुर्य-बृहस्पति-सुर्य ग्रहको मिलन, ३ राशिको सुरु हुने भयो शुभ दिन: कुन-कुन राशि ?

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरेर विभिन्न योग बनाउँछन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ । मेष राशिमा सूर्य, राहु र बृहस्पतिको संयोग बन्न लागेको र यो संयोग १२ वर्षपछि बन्न लागेको हो।

बृहस्पति १२ वर्षपछि मेष राशिमा प्रवेश गर्नेछ । सूर्य र बृहस्पतिको बीचमा मित्रताको भावना छ। राहु र सूर्यमा ग्रहण दोष छ। जसलाई अशुभ मानिन्छ। तर पनि ३ राशिलाई यी ग्रहको मिलनबाट लाभ मिल्ने छ। जान्नुहोस् यी भाग्यशाली राशिका बारेमा….

मेष राशि: बृहस्पति-सूर्य युति मेष राशिमा हुन लागेको यो राशिका लागि निकै लाभदायक साबित हुनेछ। यस्तो अवस्थामा यस समयमा हात हालेको काममा सफलता मिल्नेछ।

जागिरमा पदोन्नतिको सम्भावना छ र व्यापारमा राम्रो नाफा पनि हुनेछ। मेष राशिका व्यक्तिहरुको आर्थिक अवस्था पनि मजबुत रहनेछ र जीवनसाथी सँगको सम्बन्ध सुखद रहनेछ। रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ।

मिथुन राशि: सूर्य र बृहस्पतिको संयोग मिथुन राशिका लागि अनुकूल रहनेछ। नयाँ व्यापार गर्न चाहनेहरूका लागि यो उपयुक्त समय हुनेछ। यस अवधिमा धेरै नयाँ सम्भावनाहरू मिल्नेछ। व्यापारमा वृद्धि बढ्नेछ। यस राशिका विद्यार्थीहरूलाई विद्यालयमा सफलता मिल्ने सम्भावना बढी हुन्छ। यस समयमा अपार सम्पत्ति जम्मा गर्न सक्नु हुनेछ।

तुला राशि: बृहस्पति र सूर्यको संयोग तुला राशिका लागि लाभदायक हुनेछ। यस राशिका व्यक्तिहरूले यस समयमा धन कमाउने र व्यापारमा सफल हुने सम्भावना बढी हुन्छ।

यस समयमा आर्थिक अवस्था अनुकूल रहनेछ। तर खर्च पनि बढ्ने सम्भावना छ। दाम्पत्य जीवनका लागि यो समय लाभदायी रहनेछ। जसको वैवाहिक जीवनमा धेरै बाधाहरू थिए, अब ती सबै समस्याको अन्त्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट