वैदिक ज्योतिष शास्त्रका अनुसार निश्चित समयको अन्तरालमा ग्रहहरूको राशि परिवर्तन हुने गर्दछ। ग्रहहरूको राशि परिवर्तनबाट धेरै शुभ र अशुभ योगहरू सिर्जना गर्दछ, जसले सबै राशिहरूलाई असर गर्छ। बृहस्पति, सूर्य र मंगल ग्रहले करिब ११२ वर्षपछि नवपञ्चम योगको निर्माण गरिरहेको छ। जसको प्रभाव सबै राशिका मानिसहरूमा पर्नेछ।
मेष राशि : नवपञ्चम राजयोगले मेष राशिका व्यक्तिलाई शुभ फल दिनेछ। यस राशिका व्यक्तिहरूको साहस र ऊर्जा स्तर उच्च रहनेछ। काम सजिलै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा आबद्ध व्यक्तिहरूले व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ।
कन्या राशि : नवपञ्चम राजयोगका कारण कन्या राशिका व्यक्तिहरूलाई काममा सफलता मिल्नेछ, जागिरको क्षेत्रमा तलब वृद्धि हुने प्रबल सम्भावना छ। यससँगै केही ठूलो जिम्मेवारी पनि पाउन सकिन्छ। मानिसहरूसँगको शत्रुता समाप्त हुनेछ।
कुम्भ राशि : नवपञ्चम राजयोगले कुम्भ राशिका व्यक्तिहरूलाई मान-सम्मान दिनेछ। कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ। व्यापार बढ्नेछ। साथीभाइ तथा दाजुभाइको सहयोगले ठूलो काम सम्पन्न गर्न सकिनेछ। जीवनमा धनको प्रवाह बढ्नेछ। उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ।
Discussion about this post