आज असोज १९ गते शुक्रबार: यी ४ राशिमाथि रहनेछ शनिको कुदृष्टि, ३ राशिको हुनेछ अनावश्यक खर्च

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै, परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै, दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलै छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै, मनमा केहि दुविधा पनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ । दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ । घर परिवारमा केही मनमुटाव पनि होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights