शुक्रदेवले भित्राईरहेको छ सौभाग्य, धन-दौलतले भरिनेछ घर-खजाना

वैदिक ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई शुभ ग्रह मानिन्छ। भगवान शुक्रको कृपाले व्यक्ति सुख-विलासले भरिपूर्ण जीवन बिताउँछ। शुक्र ग्रहलाई सुख, प्रेम, ऐश्वर्य र विलासिताको कारक मानिन्छ। जान्नुहोस्, शुक्र गोचरबाट सबैभन्दा बढी लाभ कुन राशिले उठाउनेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – वृष राशिका व्यक्तिहरूलाई शुक्रको गोचरबाट लाभ हुने देखिन्छ। ज्योतिषीहरूका अनुसार वृष राशिका व्यक्तिहरूलाई शुक्रको गोचरमा अप्रत्याशित आर्थिक लाभ हुन सक्छ। यो समयमा भाग्यको पूर्ण साथ मिल्नेछ। सफलताले तपाईको कदम चुम्नेछ। सम्पत्ति सम्बन्धी मामिलाहरू अन्ततः समाधान हुनसक्छन्। यस अवधिमा जग्गा, भवन वा सवारी साधन खरिद गर्न सकिनेछ। परिवार र साथीभाइबाट पूर्ण सहयोग प्राप्त हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – सिंह राशिमा शुक्रको आगमन मिथुन राशिका लागि वरदान समान हो। शुक्र गोचरको समयमा तपाई आराम र विलासिताले भरिएको जीवन बिताउन सक्नुहुन्छ। यस अवधिमा धेरै आर्थिक अवसरहरू तपाईको लागि पर्खिरहेका हुन्छन्। तपाईको जीवनमा खुशी आउनेछ र तपाईको सबै समस्याहरू क्रमशः समाप्त हुनेछन्। अध्यात्मतर्फ झुकाव हुन् सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – कन्या राशिका लागि शुक्र गोचरले शुभ फल दिनेछ। यस अवधिमा व्यवसायिक जीवनमा सफलता मिल्नेछ। कामको खोजीमा रहेका व्यक्तिहरूले सुखद नतिजा पाउने सम्भावना छ। तपाईले आफ्नो आर्थिक स्थिति सुधार गर्न आफ्नो ऊर्जा प्रयोग गर्नुहुनेछ। मित्र तथा आफन्तको सहयोगले विदेश यात्रामा पनि जान सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट