बली नदिइने नेपालको एकमात्र शक्तिपीठ, यस्तो छ छत्रेश्वरी मन्दिरको पौराणिक कथा

श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतीदेवीको अन्तिम अंग यही छायाँक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुनु भएको कथा पाइन्छ ।

छायाक्षेत्र मन्दिर, नेपालका सबै शक्ति पीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठको रुपमा समेत सुप्रसिद्ध रहेको छ । रोचक कुरा त के छ भने, मन्दिर परिसर उत्तरतर्फ एउटा ठुलो शिला रहेको छ । जहाँ सतीदेवीको सम्पुर्ण अङ्ग पतन भएको विश्वास गरिन्छ । त्यहाँ अहिले पनि आँखाले अबलोकन गरे सल्यानका सुन्दर गाँउबस्तीको प्रतिबिम्ब स्पष्ट देख्न सकिन्छ ।

छायाक्षेत्र मन्दिरबारे महत्वपूर्ण जानकारी:
– सल्यान सदरमुकाम खलंगादेखि दक्षिणतर्फ करिव १५ कि.मि. टाढा १३०० मिटर उचाईको थुम्कोमा अवस्थित ।
– शिखर शैलीमा बनेको यो मन्दिर वि.सं. १९९० को दशकमा शिव पार्वतीको मन्दिरको रुपमा स्थापित एवम् वि.सं. २०३७ सालमा नागाबाबाद्वारा जीर्णोद्दार गरिएको ।

– महाशिवरात्रीका दिन निकै ठुलो मेला समेत लाग्ने गरेको । यस दिन मनले चिताएको फल प्राप्त गर्न टाढा-टाढाबाट भक्तजनहरू आई शंखमुलमा स्नान गरी छत्रेश्वरी भगवतीको पुजा अर्चना गर्ने चलन रहिआएको ।
– धार्मिक पर्यटनका लागि एक सुन्दर गनतव्य स्थल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights