भोलि शुक्रबार यी ५ वस्तु किनेर घरमा राख्नुहोस्, हट्नेछ आर्थिक संकट!

धनकी देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।

देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ । विशेष गरि शुक्रबारको दिन माता लक्ष्मीको वर्त बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ, जसले जीवनभर तपाईको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउछ। विशेष गरि शुक्रबारको दिन वर्त लिएर देवी लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । शुक्रबारको दिन केही वस्तुहरु किनेर घरमा राख्दा लक्ष्मी माता प्रसन्न हुने र उहाँको कृपाले जीवनमा प्रशस्त धन आर्जन गर्न सकिने विश्वास रही आएको छ।

१. तपाईको घरमा लक्ष्मी माताको वास गरिरहुन र कहिँले धनको कमि नहोस भन्ने चाहानुहुन्छ भने शुक्रबारको दिन लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का घरमा ल्याएर राख्नुहोस्।

२. शुक्रबार स्टिल, पित्तल र सिलाबरका भाँडाकुँडा किनेर घरमा राख्नाले ग्रह दशा नास भएर जाने विश्वास रहेको छ।

३. आफुले पैसा राख्ने ठाउँमा ११ घुम्ती चक्र र ५ कौडा किनेर राख्नुहोस्। यदि तपाईको पसल छ भने पसलको पैसा राख्ने ठाउँमा राख्नुहोस। यसो गर्दा तपाईको व्यापार बढ्दै जान्छ र प्रशस्त धन आर्जन गर्न सक्नु हुनेछ।

४. इलेक्ट्रोनिक समानहरु समानहरु विशेष गरि शुक्रबार किन्नु उत्तम हुनेछ। किनकि यस दिन यी सामानहरु खरिद गर्दा टिकाउ ,भरपर्दो र आर्थिक समस्या कम हुँदै जाने मान्यता रहेको छ।

५. तपाईले हरेक दिन गरेका कारोबार लेख्ने नोटकापी शुक्रबारको दिन किन्दा माता लक्ष्मीको कृपा मिल्ने र जीवनमा नोक्सान व्यहोर्नु नपर्ने मान्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट