किन काठमाडौबाट नेपालको राजधानी सार्ने चाहन्छन् ?

काठमाडौ । भौतिक संरचना निर्माणका लागि विश्वका विभिन्न देशहरुले वीकेन्द्रीकरणको सिद्धान्त र अभ्यास अनुसार निश्चित समयपछि मूलुकको राजधानी सार्दै आएका छन् ।

नेपालमा राजधानी सार्ने बहस पूरानै हो । कहिले पुष्पकमल दाहाल प्रचण्ड, कहिले डा. बाबुराम भट्टराई र कहिले नारायणमान विजुक्छेले काठमाडौँबाट राजधानी सार्नुपर्ने कुरा उठाईरहन्छन् । तर, सार्नुपर्छ भन्ने बहस निर्णयक तहमा भने हुने गरेको छैन ।

विश्वमा यस्ता देशहरुमा पनि छन्, जसले पटक पटक राजधानी सारेका छन् । छिमेकी देश भारत र पाकिस्तानदेखि अमेरिकासम्मले राजधानी समयअनुसार सारेको उदाहरण छ । हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस उपर्युक्त नभएको कतिपयको बुझाई छ ।

निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् । प्रदेश राजधानीमा खासै कुनै काम पनि नहुने भएकाले प्रदेशको राजधानीप्रति मानिसहरुको मोह खासै छैन ।

तर, प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने कतिपयको भनाई छ । देशको राजधानी काठमाडौँ काठमाडौँ उपत्यका हुँदा काठमाडौ सहित भक्तपूर र ललितपूर विकसित शहर बने ।

तर, अरु जिल्लाको अवस्था भने अहिले पनि एकिकरण ताकाकै जस्तो भएकाले काठमाडौँबाट राजधानी सार्नु नै उत्तम विकल्प हुने अभियान्ताहरुको भनाई छ । बढ्दो जनघनत्वले राजधानी दिन दिनै कुरुप बनिरहेको छ भने यहाँ रहेका प्राचिन र बिश्व सम्पदामा सुचीकृत सम्पदाहरु मासिदै गईरहेको छ ।

देशको केन्द्रिय राजधानी फेर्नु पर्ने आवाज पनि बिगतमा नउठेका भने होईनन् । तर यो बिषयले कहिल्यै सार्थकता पाउन सकिरहेको छैन । भौतिक संरचना निर्माणका लागि विश्वका विभिन्न देशहरुले वीकेन्द्रीकरणको सिद्धान्त र अभ्यास अनुसार निश्चित समयपछि मूलुकको राजधानी सार्दै आएका छन् । तर नेपालको केन्द्रिय राजधानी काठमाण्डौ नै यथावत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights