छाब्दी वाराही रहेको मत्स्यदेवीको मुर्तिमा छोएर ॐ लेखी दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास !

तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरको कुण्डमा बिहीबार मत्स्यदेवीको मूर्ति राखिएको छ । छाब्दी वाराही विकास कोषको लगानीमा मूर्तिकार पृथ्वीकुमार श्रेष्ठले बनाएको कलात्मक शैलीको मूर्ति १० फिट उचाइको छ ।

छाब्दी वाराही आउने भक्तजनलाई सहज रूपमा दर्शन गराउनका लागि बाहिर रहेको कुण्डमा मूर्ति प्रतिस्थापन गरिएको मुख्य पूजारी प्रेम आलेले बताए ।

‘मन्दिरभित्रको कुण्डमा मत्स्य देवीको मूर्ति छ तर त्यहाँ भक्तजनलाई दर्शन र पूजाआजा गर्न गाह्रो भएको थियो,’ उनले भने, ‘बाहिरको कुण्डमा राखिएको मूर्ति पनि उस्तै स्वरूपको छ ।’

मन्दिरभित्र रहेको कुण्डको देवी मूर्तिको फोटो खिच्न रोक लगाइएको थियो । अब भक्तजनले बाहिर फोटो खिच्न सहज हुने उनले बताए । छाब्दी वाराहीमा सधैं दर्शनार्थीको घुँइचो रहन्छ । भक्तजनले गरेका दानबाट मूर्ति निर्माण गरेको विकास कोषका अध्यक्ष थानबहादुर थापाले बताए ।

‘मन्दिर परिसरमा दानपेटिका राखेका थियौं,’ उनले भने, ‘त्यसमा संकलन भएको रकमबाट बाहिरी कुण्डमा मत्स्य देवीको मूर्ति राख्न सम्भव भएको हो ।’ मूर्ति निर्माणमा १८ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

मूर्तिको पाउमा माछा, कछुवा र भ्यागुतालगायत प्राणि बनाई मुखबाट पानीको फोहोरा निकालिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बाहिरी कुण्डको मूर्तिको अनावरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट