भोलि बिहिबार गर्नुहोस भगवान बिष्णुको पूजा: झुक्किएर पनि नगर्नुस् यी गल्ति हुनसक्छ अनिस्ट

हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो ।

हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।

हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ । जसलाई यो संसारको पालनकर्ता मानिन्छ । शास्त्रमा बिहीवारलाई धन प्राप्ती र समृद्धिका लागि खास मान्ने गरिन्छ ।

बिहीबार लक्ष्मी नारायणको एक साथ पूजा आराधना गर्नाले जीवनमा सुख शान्ती प्राप्त हुनका साथै दाम्पत्य जीवनमा पनि खुसियाली छाउने बिश्वास गरिन्छ । धार्मिक ग्रन्थमा भगवान बिष्णुको पुजा आराधना गर्ने केहि उपायहरु उल्लेख गरिएका छन । जसलाई अबलम्बन गर्नाले कुण्डलीमा बृहस्पति ग्रह मजबुत भई जीवनका सारा दुख कष्ट नाश हुने बताईएको छ ।

तर बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

त्यस्तै शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

त्यस्तै बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights