यी ५ नेपाली गीत जसले दशैँ आएको आभाष दिलाउँछ… (भिडीयोसहित)

नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । हामी तपाईँहरुलाई दशैंको बारेमा गाइएका पाँच सदाबहार फिल्म गीत प्रस्तुत गर्दैछौँ ।

१. ‘दशैं आयो……….’: दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीतमा ‘दशैं आयो ।’ नै पर्छ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यस गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ ।

२. ‘रातो टीका निधारमा टलक्क टल्कियो…….’: दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ को गीत हो । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।

३. ‘रातो टीका दशैंको जमरा…….’ दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मनमन्दिर’ मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिएका छन् ।

४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार’ परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’ को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई उनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । निकै मार्मिक यस गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् ।

५. ‘लै बरी लै लै…’
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’ मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । युट्युबमा राखिएको यो गीतमा गायक र गायिकाको नाम भने उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights